विराटनगर, ३ चैत ।
नेपाली कांग्रेसका नेता गगन थापाले पाचवर्ष नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुुमिका खेल्ने बताउनु भएको छ । मोरङको झोराहाटमा शनिवार आयोजित तरुणदलको भेलालाई सम्वोधन गर्दै उहाँले संघियता कार्यान्वयन र राजनितिक स्थायीत्वकालागि कांग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका खेल्ने बताउनुभयो । पार्टी भित्र कमजोरी रहेको स्वीकार गर्दै थापाले त्यसलाई सच्याएर अघि बढ्नुको बिकल्प नरहेको औल्याउनु भयो । अहिलेको पराजयको कारण पनि पार्टी भित्रको कमजोरी नै रहेको थापाले उल्लेख गर्नुभयो । निर्वाचनमा आएको परिणामबाट पाठ सिकेर काग्रेस अब अघि बढ्नुको बिकल्प नरहेको बताउनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुुरुराज घिमिरेले कांग्रेसलाई सदृढ बनाउन पार्टी भित्र एकता आवश्यक रहेको बताउनुभयो । अर्का केन्द्रिय सदस्य अमृत अर्यालले पार्टीको आन्तरिक कारण निर्वाचनमा पराजय भोग्नुु परेको स्वीकार गर्नुभयो ।