म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

<span class='c1'>म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफए</span> <span class='c2'>कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश</span>

काठमाडौं, चैत ४ । म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराती भएको खेलमा म्यान्चेस्टर युनाईटेडले ब्राईटनलाई २-० ले हरायो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन रोमेलु लुकाकु र नेमान्जा माटिचले एक/एक गोल गरे ।

गएरातिको खेलसँगै म्यान्चेस्टर युनाईटेडले जारी सिजनको एफ.ए कपमा अहिलेसम्म एक गोल पनि नखाएको कीर्तिमान जारी राखेको छ ।

एफए कप फुटबलकै अर्को खेलमा स्वान्सी सिटीलाई ३-० ले हराउँदै टोटनह्याम हट्सपर पनि सेमिफाइनलमा पुगेको छ ।

खेलमा टोटनह्यामलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले दुई गोल गर्दा एरिक लामेलाले अर्को एक गोल थपे ।

एफए कप फुटबलमा क्वाटरफाइनलका बाँकी दुई खेल आज राति हुनेछन् ।

आज राति लेष्टर सिटीले चेल्सीसँग खेल्दा विगान एथ्लेटिक र साउथह्याम्पटन भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्