ठूलो दुर्घटनाबाट जोगियो यतीको जहाज, भैरहवा विमानस्थल बन्द

ठूलो दुर्घटनाबाट जोगियो यतीको जहाज, भैरहवा विमानस्थल बन्द

भैरहहवा, ४ चैत /

भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतवार यती एयरको विमान चक्का लक भएपछि विमानस्थलकाे धावनमार्गमै अडि्कएकाे छ । काठमाडौंबाट २६ यात्री बोकेर भैरहवाका लागि उडेको यती एयरको  नाइन एन एजेसी कल साइनकाे चार्ली विमानकाे अवतरको क्रममा गौतमबुद्ध विमानस्थलमा चक्का लक भएकाे हाे ।  विमानमा रहेका यात्रु र चालक दलका सदस्यहरु भने सकुसल रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जहाजको चक्का लक भएकाले त्यसलाई दुर्घटनानै भन्न नमिल्ने बताए । ‘विमान ल्याण्ड भइसकेपछि धावनमार्गमा गुड्ने क्रममा चक्का लक भएको हो,’ ज्ञवालीले भने, ‘यसलाई दुर्घटना नै भन्न मिल्दैन ।’ यती एयरको जहाज धावन मार्गमै रोकिएपछि भैरहवा विमानस्थलका सबै उडानहरु स्थगित गरिएका छन् । भोलि (सोमवार) काठमाडौंबाट प्राविधिक आएर विमानको चक्का खोलेपछि मात्रै विमानस्थल सञ्चालनमा आउने जनाइएको छ ।  यसअघि २ वर्ष अगाडि पनि भैरहवा विमानस्थलमा विमान दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्