केन्द्रीय सरकारको कार्यक्रम, १ नम्बर प्रदेशका मुख्यमन्त्रीद्धारा रोक

केन्द्रीय सरकारको कार्यक्रम, १ नम्बर प्रदेशका मुख्यमन्त्रीद्धारा रोक

विराटनगर, ५ चैत ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आईतवार बैज्ञानिक बन ब्यवस्थापनको नाममा भएको सबै कार्यक्रम रोक्न निर्देशन दिएपछि आज बिहानै देखि ति कामहरु ठप्प भएका छन् । शुक्रवार देखि नै मोरङको पुर्वी क्षेत्रमा वन कटान तिब्र भएको भन्दै मुख्यमन्त्री राईले त्यस बारेमा काम रोक्न प्रदेश प्रमुख सचिव यादवराज कोईराला मार्फत जिल्ला वन कार्यालयसँग जानकारी लिनु भएको थियो । तर आईतवार भएको छलफल पछि सबै काम रोक्न राईले निर्देशन दिनुभयो । जिल्ला वन कार्यालय मोरङ, सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वनका अध्यक्षहरुसँग मुख्यमन्त्री राईले छलफल गर्नुभएको थियो ।
वैज्ञानिक वन ब्यवस्थापनको नाममा भएको वन फडानीले जंगललाई उजाड बनाएको भन्दै त्यस बारेमा तत्काललाई सबै काम रोक्न निर्देशन दिनु भएको थियो । नयाँ कानुन नबनेको अबस्थामा पुरानै कार्यबिधि अनुसार काम गरिरहेका वन कार्यालय र सामुदायिक वन उपभोक्ता समुहहरु अन्यौलमा परेका छन् । संघिय सरकारको कार्यसुची अनुसार मोरङमा ४ बर्ष पहिला देखि वैज्ञानिक बन ब्यवस्थापनको कार्यक्रम शुरु भएको हो । जिल्लामा १० बर्षका लागि भन्दै क्यालेण्डर बनाएर १३० सामुदायिक वनमध्ये २० वटा र चारवटा साझेदारी वनले कार्यक्रम गर्न स्वीकृती लिएका छन् । मोरङमा ५५ हजार ५ सय हेक्टर वन क्षेत्रका ४२ हजार १ सय ८९ उपभोक्ता रहेको जिल्ला वन कार्यालयको तथ्यांक छ ।
क्यालेण्डर अनुसार काम गर्दै आएको जिल्ला वन कार्यालयले स्थानीय उपभोक्ता समितिसँगको मिलेमतोमा वन साझेदारी वनको नाममा वन फडानी तिब्र बनाएको भन्दै मुख्यमन्त्री कार्यालयमा उजुरी परेको थियो । उजुरीका आधामा मुख्यमन्त्रीले दिएको निर्देशन पछि यि कार्यक्रमहरु अलपत्र परेका छन् । जिल्ला वन कार्यालयले मुख्यमन्त्रीको निर्देशन पछि सबै काम आजैको मितिदेखि रोकिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्