विराटनगरका वडा सदस्यको आक्रोश ‘वडा अध्यक्षले खसी ढाले’

विराटनगरका वडा सदस्यको आक्रोश ‘वडा अध्यक्षले खसी ढाले’

विराटनगर, ५ चैत ।
विराटनगर महानगरपालिकाको निर्णय अनुसार दशै खर्च वापत पेश्की रकम बुझेका जनप्रतिनिधिहरु बिच पेश्की फछ्यौटको बिषयलाई लिएर विवाद बढेको छ । पेश्की फछ्र्यौट गर्नुपर्ने भएपछि १५ हजार रुपैयाँको रकम बुझेका वडा सदस्यहरुले ७५ हजार रुपैया बुझेका वडा अध्यक्ष र ५० हजार रुपैयाँ बुझेका बोर्ड सदस्यहरु माथि बिभिन्न टिकाटिप्पणी गर्न थालेका हुन् । विराटनगर महानगरपालिकाले चाडवाडको बेला भन्दै त्यतिबेला बोर्ड सदस्य सहितका नवनिर्वाचित पदाधिकारीहरुलाई दशै पेश्की उपलब्ध गराउने निर्णय गरेको थियो । आ–आफ्नो पदमा बहाली भएर जिम्मेवारी सम्हालेका बोर्ड सदस्य, वडा अध्यक्ष र वडा सदस्यहरु सहित ६८ जनाले दशैको बेला गर्जो टार्ने भन्दै महानगरबाट फिर्ता गर्नु नपर्ने सम्झिएर पेश्की रकम लगेका थिए । दशैको बेला पेश्की रकम बितरणमा विभेद भएको भन्दै वडा नम्बर ६ का वडा सदस्य सन्तोष साहले टिप्पणी गर्दै भन्नुभयो, ‘वडा अध्यक्षहरुले त सिङ्गै खसी ढाले हाम्रो भागमा चै एउटा चोक्टा परेजस्तै भयो ।’ वडाअध्यक्षका तुलनामा निक्कै थोरै पेश्की उपलब्ध गराएकोमा उहाँले असन्तुष्टी जनाउनुभयो ।
लेखाशाखा प्रमुख सञ्जीव भट्टराइृका अनुसार, ६८ जना जनप्रतिनिधिहरुले सुबिधा सम्बन्धी कानुन बनीनसकेको अबस्थामा फिर्ता गर्ने शर्तमा पेश्की वापत १९ लाखख ५० हजार रुपैयाँ बुझेका छन् । सो रकम चालु आर्थिक बर्ष भित्र फछ्र्यौट गरिसक्नु पर्ने ब्यवस्था छ, उद्घोष दैनिकले लेखेकोछ, ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्