बिपी स्वस्थ्य प्रतिष्ठान धरानको सनराइज बैंकको काउण्टरमा चोरी

बिपी स्वस्थ्य प्रतिष्ठान धरानको सनराइज बैंकको काउण्टरमा चोरी

सुनसरी, ५ चैत  । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको सनराइज बैंकको काउण्टरमा आइतबार राति चोरी भएको छ । सोमबार कार्यालय समयमा कर्मचारी आउँदा बैंकको काउण्टरको ढोका फोडेर चोरी भएको थाहा भएको हो ।

कार्यलयमा जम्मा भएको नगद दैनिक जसो कर्मचारीले बोकेर बैंकको प्रमुख शाखा कार्यालयमा जम्मा गर्ने गरेकाले नगद भने चोरी नभएको आशंका गरिएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी पोष्टका प्रहरी नायव निरीक्षक तिलक गिरीले जानकारी दिनुभयो ।  घटनाको बारेमा मुचुल्का उठाउने काम भइरहेकाले थप अनुसन्धान भैरहेको गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्