दुहबीमा बियर उद्योग बिरुद्ध आन्दोलन, स्थानीयद्धारा उद्योग बन्द

दुहबीमा बियर उद्योग बिरुद्ध आन्दोलन, स्थानीयद्धारा उद्योग बन्द

विराटनगर ६ चैत्र । दुहवी ३ स्थित प्रिमियर आर्गनी प्रा.ली. (बियर) उद्योगको लापरवाहीले स्थानियवासी आक्रोसित भएका छन् । उद्योगबाट कालो छाई र एसिडयूक्त पानीले अत्यन्तै प्रदुषण फैल्याएको भन्दै उद्योग घेराउ गरि गेट वाहिर वाँस तेर्साएर सोमबार नारावाजी गरेका थिए । फागुन महिनाभित्र उद्योगलाई व्यावस्थित ढंगबाट संचालन गर्ने भन्दै स्थानियवासीहरुसँग उद्योग प्रशासनले लिखित प्रतिबद्धता जनाए पनि समस्या भने उस्तै रहेको स्थानियवासीहरुको आरोप लगाएका छन् ।
यस विषयमा वारम्वार दुहवी नगरपालिका र दुहवी ३ का वडाध्यक्ष माधव भण्डारीलाइ ध्यानाकर्षण गराउँदा समेत वेवास्ता गरेकोले स्थानियवासीहरुले आन्दोलन गर्नुपरेको स्थानिय नितेश भट्टराईले बताए । उद्योग घेराउ गरेको ४ घण्टा पछि उद्योग प्रशासनले स्थानियवासीहरुसँग १ हप्ता भित्र प्रदूषण रहित मेसिन जडान गर्ने सहमती गरेका छन् ।
मापदण्ड मिचेर निर्माण भएका दुहवी नगरपालिका वरपरका उद्योगहरुले उस्तै प्रदूषण थपिरहेका छन्। दुहवीमा धेरै उद्योगहरुले नियम पालना नगर्ने र जथाभावी प्रदूषण गरिरहने भएपनी दुहवी नगरपालिकाले कुनै कारवाही नगर्दा दुहवीवासीहरु थप आक्रोसित भइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्