नेपाली कांग्रेसद्धारा प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा कार्की नियुक्त

नेपाली कांग्रेसद्धारा प्रदेश १  संसदीय दलको प्रमुख सचेतकमा कार्की नियुक्त

विराटनगर, ६ चैत ।
नेपाली कांग्रेसले प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा केदार कार्की मनोनित गरेको छ । नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ बमोजिम कांग्रेस प्रदेशसभाका सदस्य कार्कीलाई प्रदेश १ को संसदीय दलको तर्फबाट सचेतक मनोनित गरेको हो । पदमा केदार कार्कीलाई मनोनयन गरेको काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिनुभएको छ । कार्कीलाई मनोनयन गरेको पत्र कोइरालाले मंगलबार सभामुख प्रदिपकुमार भण्डारीलाई बसझाउनु भएको छ । मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ वाट प्रदेश सभा सदस्यमा कार्की निर्वाचित हुनु भएको हो ।
शेखर कोइराला निटक रहेका कार्की कांग्रेसको संसदीय दलको नेता पदमा समेत उम्मेदवारी दर्ता गराउनु भएको थियो । तर, अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गर्नु भएको थियो ।
कांग्रेसले संसदीय दल कार्यसमितिलाई पनि पूर्णता दिएको जनाएको छ । समितिको उपनेतामा हिमाल कार्कीलाई मनोनयन गरिएको छ भने सचिव शिवनारायण सिंह, कोषाध्यक्ष लिला सुब्बा, सदस्यहरुमा चुमनारायण तवदार, ओमप्रकाश सरावगी, ज्योती सुब्बा, नबोदिता चौधरी र विन्दीया कार्की रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्