विराटनगरमा गिरिजाको सम्झना, संग्राहालय स्थापना गर्न मुख्यमन्त्री तयार

विराटनगरमा गिरिजाको सम्झना, संग्राहालय स्थापना गर्न मुख्यमन्त्री तयार

विराटनगर ६ चैत ।
एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजनितिक आस्था विचार भन्दामाथी उठेर समग्र प्रदेशको आर्थिक विकासका लागि सबैदल मिलेर अघि बढनुपर्ने बताउनु भएको छ । गिरिजाप्रसाद कोइरालाको आठौ पुण्यतिथिको अवसरमा विराटनगरमा सोमबार आयोजित विचारगोष्ठीलाई सम्वोधन गर्दै अहंकार र दम्वलाई त्यागेर एक नम्वरलाई नमुना प्रदेश वनाउन अघि वढ्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राईले गिरिजाप्रसाद कोइरालाको अगुवाईमा मुलुकमा ठुलो राजनितिक उपलव्धि हासिल भएको उल्ेख गर्नुभयो । उहाले गिरिजा प्रसाद कोइरालाला संग्रालय स्थापना गर्न प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।
प्रदेश सरकारसंग अहिले पुर्ण वहुमत भएपनी एक नम्वर प्रदेशका स्थाई राजधानी तथा प्रदेशका नामाकरण गर्ने विषयमा सवैदलसंग सहमती गरेर मात्र निर्णयगर्ने बताउनुभयो । कार्यक्रमा वोल्दै नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले एक नम्वर प्रदेशको समग्र विकासका लागि कांग्रेसले सक्दो सहयोगगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गिरिजा प्रसाद कोइराला फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनितिमा गिरिजा प्रसाद कोइरालाको भुमिकाको चर्चा गर्नुभयो । कार्यक्रममा एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की, कांग्रेस प्रदेश संसदीयदलका नेता राजिव कोइरालाल, विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्कीले गिरिजाप्रसाद कोइरालको योगदानको चर्चा गरेका थिए । त्यस अवसर गिरिजा प्रसाद कोइरालाको विषयमा वृतचित्र प्रर्दशनी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्