एक नम्बर प्रदेश सरकारको चैत भित्र २२ कानुन ल्याउने तयारी

एक नम्बर प्रदेश सरकारको चैत भित्र २२ कानुन ल्याउने तयारी

विराटनगर ६ चैत ।
एक नम्वर प्रदेशको मंन्त्री परिषदको सोमबार वसेको वैठकले विभिन्न चारवटा निर्णय गरेको छ । मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयले विराटनगरमा पत्रकार सम्मेलन गरी वैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश कानुन निमार्णका लागि प्रदेश कानुन मस्यौदा सुझाव समिति गठन गरेको छ । पुर्व सांसद रेवती रमण भण्डारीको संयोजकत्वमा पाच सदस्य कानुन मस्यौदा सुझाव समिति गठन गरेको हो ।
मन्त्रीपरिषदको बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयक मस्यौदालाई स्वीकृतिको लागि प्रदेशसभा बैठकमा पठाउने निर्णयसमेत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले तयार गरेको मस्यौदालाई बुधबारको प्रदेशसभा बैठकमा पेश गरिनेछ । प्रदेश सरकारले अहिले सम्म कुनैपनि कानुनको मस्यौदा संसदमा पठाउन सकेको थिएन ।
बैठकले प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी विधेयक २०७४ मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । यस्तै चैतको दोस्रो साताभित्रमा ल्याउने भनिएको चालु वर्षको बजेटको लागि विनयोजन विधेयक २०७४ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको अत्यावसकीय काम, केही अल्पकालिन योजना र सुरक्षा निकायको मनोबल बढाउने कार्यक्रम समेटर बजेट ल्याउने निर्णय यसअघि नै गरेको थियो । चैत १५ गतेभित्र बजेट ल्याउने निर्णय यसअघिको मन्त्रिपरिषद बैठकले गरेको भएपनि केही दिन ढिलो हुनसक्ने बताइएको छ । सरकारका प्रवक्ता कार्कीले प्रदेश सञ्चालन गर्नको अत्यावश्यक २२ वटा कानुन भने यही चैत महिनाभित्र मस्यौदा गर्नेगरी काम भइरहेको जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्