मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले आज छलफल गर्ने, मुख्यमन्त्री राई काठमाण्डौ जाँदै

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले आज छलफल गर्ने, मुख्यमन्त्री राई काठमाण्डौ जाँदै

विराटनगर, ७ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाउनु भएको छ । प्रदेश सरकारहरु काम गर्ने मेसो नपाएर अन्यौलग्रस्त भइरहेका बेला प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई काठमाडौं बोलाउनु भएको हो । प्रधानमन्त्रीले उनीहरुसँग आज सामुहिक रुपमा छलफल गरी प्रदेश सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । प्रदेश सरकारले बनाउनुपर्ने कानुनहरुको बारेमा समेत अन्यौल उत्पन्न भइरहेका बेला आज बैठकमा प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउन लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले प्रदेश सरकार सन्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासहरुको अवस्था लगायतका विषयमा जानकारी लिने बताइएको छ । प्रदेश सरकारहरु बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई बोलाउनु भएको बताइएको छ । प्रदेशसभा र प्रदेश सरकार सन्चालनमा कर्मचारी अभावसमेत अर्को समस्या देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल हुने स्रोतले जनाएको छ ।
यसैबिच एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई आजै काठमाण्डौ जानुहुने भएको छ । प्रधानमन्त्रीले छलफलकालागि बोलाएपछि मुख्य न्यायाधिवक्ता सहित मुख्यमन्त्री राई काठमाण्डौ जान लाग्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्