ठगी गर्न भाइबर र ईमोको प्रयोग, चिठ्ठा पर्यो भन्दै फोन र म्यासेज सर्वसाधरणको मोवाईलमा, विराटनगरकै ठगिन थाले

ठगी गर्न भाइबर र ईमोको प्रयोग, चिठ्ठा पर्यो भन्दै फोन र म्यासेज सर्वसाधरणको मोवाईलमा, विराटनगरकै ठगिन थाले

प्रेम देवान
बिराटनगर ७ चैत ।

इमो तथा भाइबरमा चिठ्ठा पर्यो भन्दै पैसा पठाउन लगाएर ठगी गरेका घटनाहरु दिनानुदिन सार्वजनिक भइरहेका छन् । चिठ्ठामा परेको पैसा बापतको कर बुझाउनका लागि भन्दै पैसा माग्दा धेरै पैसा कमाउने लोभमा ठगिने क्रम देशभर बढ्दो छ । अझ यो क्रम पुर्बमा बढी देखिएको छ। पछिल्लो समय भाईवर र इमोबाट चिठ्ठा पर्यो भन्दै ठगिको क्रम बढेको हो । चिठ्ठाका लागि पैसा पठाएर ठगिएपछि मात्र सर्बसाधारण प्रहरीकोमा पुग्ने गरेका छन् । प्रहरी कहाँ पुगे पनि प्रहरीको टाउको दुखाईको विषय बनिरहेको छ । ठगीमा संलग्न भएको अभियोगमा विभिन्न ठाउँबाट प्रहरी पक्राउ समेत गर्दै आएको छ । तर पक्राउ परेकाहरु मुख्य अभियुक्त नभई सहयोगीहरु बढी रहेका छन् । विभिन्न ठाउँबाट २५ लाख रुपैयाँ चिठ्ठा परेको भन्दै फोन तथा म्यासेज आउने गरेको छ । यहि लहै लहैमा लागेर पैसा पठाउनेहरु ठगिदै आएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो, संघीय प्रहरी इकाई, क्षेत्रीय प्रहरी विशेष व्युरोको सहकार्यमा श्रृङ्खलावद्ध रुपमा लाखौको ठगीमा संलग्न गिरोहलाई पक्राउ पनि गरिहेको छ । तर सर्बसाधारण हरेक दिन ठगिँदैछन् । विराटनगर ११ महेन्द्र चोक निवासी २७ बर्षिय अचिन्त्य सेनलाई ईमोबाट आएको म्यासेजसँगै फोटो ।

दुई दिन अगाडी मात्र विराटनगर ११ महेन्द्र चोकका २७ बर्षिय अचिन्त्य सेनलाई दुबईको नम्बरबाट रु २५ लाख पर्यो भनेर भाईबारमा कल आएको बताए । सेनले भने ‘तपाई २५ लाख परेको छ, तुरुन्त तपाईको बैंकको एकाउन्ट नम्बर पठाउनु होला ।’ सेन त्यो बेला अक्क न बक्क परे । सेनलाई तुरुन्त विनयप्रसाद यादवको ग्लोवल आईएमी बैकको –४६०८१००००३०८ नम्बर खातामा ३५ हजार ट्याक्स बुझाउनुपर्छ अनिमात्र तपाईले पैसा प्राप्त गर्न सक्नु हुनेछ भन्दै फोन आएको आवर विराटनगर डटनेलाई जनाकारी दिए ।
उनलाई थाहा थियो ठगी केश हो भनेर । उनले हत्तपत्त यस्तो कुरा प्रहरी र सञ्चारकर्मीलाई खबर गर्नुपर्छ भनि उनले विभिन्न मिडीयालाई खबर गरेको बताए । सेन जस्ता धेरै सर्वसाधारणहरु आज यसरी ठगिन पुगिरहेका छन् । सेन जस्तै विराटनगर कै एक मिडीयामा कार्यरत निर्मला उराँबलाई पनि पाकिस्तानबाट ईमोमा २५ लाख पैसा परेको छ भन्दै म्यासेज आएको बताईन् । तर उनलाई पनि थाहा थियो की यो ठगीधन्दा हो भनेर उनले कुनै वास्ता नगरी म्यासेज पठाउनेलाई नै ब्लक गरेको बताईन् ।
उनी जस्तै अर्की सुनसरी टेक्निकल ईन्सिच्युटमा पढ्दै गरेकी मनिसा अधिकारीलाई पनि भारतीय नम्बरबाट फोन गरेर धम्काएको बताईन् । हिन्दी भाषामा विजय शर्मा र रोहित शर्माले कन बनेगा करोड पतिको कार्यक्रममा २५ लाख परेको छ भन्दै बैंकमा चिठ्ठामा परेको पैसा बापतको कर बुझाउन भनेका थिए । सुरुमा उनले यो त ठगी केश हो भन्दै जवाफ दिईन, तर उनलाई उल्टै म एसवी आईबैंकको मेनेजर हुँ भन्दै तेरो पैसा मसँगै छ छिटो पैसा पठा भन्दै गाली गरेको बताईन् ।
प्रहरी यसो भन्छ
पछिल्लो समय यस्ता ठगीको संञ्जाल नै बनेर लागीको परेको छ । मोरङमा मात्र नभएर अन्य स्थानहरुमा पनि यस्ता केशहरु प्रहरी समक्ष आईरहेको जिल्ला प्रहरी कार्यलय मोरङ प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीले जानकारी दिए । एसपी बिसीका अनुसार, ‘मोरङमा पछिल्लो महिना ८ देखि १० वटा यस्ता ठगीका उजुरी परेको छ । ३ वटा जति मुद्धामा मान्छे पक्राउ गरी मुद्धा नै चलाई सकेका छौँ ।’
विभिन्न प्रलोभन देखाएर ठगी गर्ने ठुलै समूह सक्रिय भएका छन् अब आफू स्वयम सचेत रहनुपर्ने प्रहरीको भनाई छ । मुख्य दोषीहरुको बारेमा प्रहरीले अझै पनि सुक्षम तरिकाले अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ । प्राय भारत तथा पाकिस्तानबाट फोन गर्ने गरेको अनुसन्धानमा सलग्न प्रहरीको बुझाई छ । प्रविधीको गलत प्रयोग गर्दै ठगी गरेको प्रहरीको ठम्याई छ ।
ठगी गर्ने बहनामा बदाई दिइन्छ
इमो तथा भाईवरमा चिठ्ठा पर्यो भन्दै कल तथा म्यासेज आउछ । इमोमा बढी रहेको छ । बढी हिन्दी भाषाको प्रयोग हुन्छ । २५ लाखसम्म चिठ्ठा परेको भन्दै बधाई दिने गरेका छन ्। मख्ख पर्दै उनीहरुसँग चिठ्ठाको पैसाको आशमा परेपछि ठगीको खेल सुरु हुन्छ। चासो देखाउन थाल्यो भने ठगहरुले विभिन्न बहाना बनाउन थाल्छन् ।
विश्वासका लागि नेपाल भारतको झन्डा जोडिएको तस्वीर, अमिता बच्चनले टिभिमा बोलेका स्क्रोल देखाउने, चिठ्ठा परेका भन्दै विभिन्न डकुमेन्ट देखाउने, अरुलाई चिठ्ठाको पैसा दिएको तस्विर देखाउने गरेको पाइएको छ । सर्वसाधरणलाई विदेशबाट फोन गरेता पनि पैसा झिक्न भने नेपालकै मान्छे खटाइने गरेको भेटिएको छ । यसबाट बच्न स्वम अब हामी सचेत रहनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्