बिराट गोल्ड कप २०७४ : भीभीआइपी टिकट काटेर खेल र खाना दुबैको मज्जा लिन सकिने

बिराट गोल्ड कप २०७४ : भीभीआइपी टिकट काटेर खेल र खाना दुबैको मज्जा लिन सकिने

बिराटनगर चैत्र ७ , मोफसलमै पहिलो पटक विराट गोल्डकप फुटबल प्रतियोगिता दिवा र रात्रिकालीन (डे–नाईट) समयमा आयोजना गर्न लागिएको छ । पाँचौं संस्करणको प्रतियोगिता यही चैत १७ देखि २६ गते सम्म हुँदैछ ।

टिकट कति छ?

प्रत्येक दिनको खेलहरु हेर्न चाहने दर्शकलाई दैनिक टिकटको अलावा एक हजार पाँच सय रुपैयाँको सिजनल टिकटको समेत व्यवस्था गरिएको छ । उक्त रकम तिरेर गोल्डकपका सबै खेल हेर्न सकिनेछ । उक्त टिकट लिनेलाई छुट्टै प्याराफिटको व्यवस्था पनि गरिएको हुने छ  ।

यसका साथै भीभीआइपी टिकटको पनि प्रबन्ध मिलाइएको छ । भीभीआइपी टिकटको दर २५ हजार हुनेछ जसमा बिशेष लाउन्जको व्यवस्था गरि आरामदायी तरिकाले खेलहरुको मनोरञ्जन लिन सकिनेछ। उक्त टिकट लिनेलाई चिया तथा खाजाको प्रबन्ध प्याराफिटमा नै दिइने छ ।

बिजेतालाई कति पुरस्कार?

यस वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक दिनको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार रुपैयाँ नगद र शिल्ड प्रदान गरिने छ । म्यान अफ दी टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउने छन् । अध्यक्ष रिजालका अनुसार उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिम मध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्