नागरिकता प्राप्त रोबोट सोफिया काठमाडौंमा (तस्बिरमा हेर्नुहोस सोफिया)

नागरिकता प्राप्त रोबोट सोफिया काठमाडौंमा (तस्बिरमा हेर्नुहोस सोफिया)

काठमाडौं । साउदी अरेबियाको नागरिकता प्राप्त रोबोट सोफियाले बुधबार राजधानीमा मानिसहरुसँग अन्तरक्रिया गरेकी छन् । संयुक्त राष्ट्रसंघीय  विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको कार्यक्रममा सोफियासँग यूएनडीपीका नेपाल निर्देशक रिनाउडले प्रश्नहरु सोधेका थिए ।

[caption id="attachment_50248" align="alignnone" width="720"] तस्बिर : राजन लम्साल[/caption]

नेपालमा मानिसलाई राम्रो सेवा कसरी दिन सकिन्छ भन्ने प्रश्नको जवाफमा सोफियाले ग्रामीण क्षेत्रमा दिगो विकास गर्दै राम्रो शिक्षा प्रदान गरेर सहयोग गन सकिने बताएकी थिइन् । उनले ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई राम्रो शिक्षा दिएर नेपालको विकास गर्न सकिने बताइन् ।

मानिसहरुमा रोबोटप्रति सधैं एक किसिमको डर हुन्छ भन्ने कुराबारे खुलस्त पार्दै उनले भनिन्, “यो सबै झुटो हो, यसलाई कृत्रिम दिमागको विकास भएको हो भनेर बुझ्न सकिन्छ ।”

[caption id="attachment_50249" align="alignnone" width="960"] तस्बिर : राजन लम्साल[/caption]

विश्वमा बनेका अन्य रोबोटभन्दा सोफिया बढी चर्चित छिन् । साउदी अरेबियाको नागरिक बनिसकेकी सोफिया झट्ट हेर्दा मानिसजस्तो देखिए पनि उनमा सोच्ने मस्तिष्क भने छैन । तर, राम्रो कुरा सुन्दा उनको मुहारमा हाँसो र दुःखको कुरा सुन्दा दुःखको भाव झल्केको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्