प्रदेश १ संसद बैठक – २५ मिनेटको बैठक बस्न फोटाेकपीले गर्दा संसद बैठक दुई घण्टा ढिला ।

<span class='c1'>प्रदेश १ संसद बैठक – २५ मिनेटको बैठक बस्न</span> <span class='c2'>फोटाेकपीले गर्दा संसद बैठक दुई घण्टा ढिला ।</span>

सुमन सुस्केरा,
विराटनगर, ७ चैत ।
एक नम्बर प्रदेशको संसद बैठक २५ मिनेट बसेर बिहीवार सम्मको लागि स्थगित भएकोछ । झण्डै ३ हप्ता पछि आज बसेको बैठकले प्रदेश सभा नियमावली मस्यौदा समितिका संयोजक लिलाबल्लाभ घिमिरेले नियमावली बुझाएपछि संसद बैठक स्थगित भएको हो ।
यस्तो जात्रा
दिउँसो १ बजेलाई बोलाईएको संसद बैठक २ घण्टा ढिलो गरी शुरु भयो ।संसद सचिवालयले नियमावलीको ड्राफ्टको फोटोकपी र प्रिन्ट गर्न ढिला गर्दा संसद बैठक नै प्रभाबित भएको हो । संसद बस्नुभन्दा पुर्ब तयारी गरेर संसदलाई सहज बनाउनु पर्ने संसद सचिवालयले समयमा नै संसद बैठकको लागि तयारी नगर्दा यस्तो समस्या आएको हो ।  संसद सचिवालयका कर्मचारीहरुको कारण फोटोकपी गर्न र प्रिन्ट गर्न २ घण्टा सम्म संसद बैठक ढिला शुरु हुनु दुभाग्य भइएको उक संसदले गुनासो गरे । संसद बैठक शुरु हुने समय १ बजे नै संसद सभा बैठकमा प्रबेश गरेको सबै संसदहरु १ घण्टा सम्म पनि बैठक शुरु नभएपछि खाजा खान निस्किएका थिए । के कारणले संसद बैठक ढिला भएको हो भन्ने बारेमा उनीहरुले समेत केही जानकारी पाएनन् । खाजा खाएर फर्किँदै गर्दाको अबस्थामा अब संसद बैठक शुरु हुने भयो भनेर ३ बजे मात्र जानकारी गराएपछि मात्र उनीहरुले वास्तबिकता जानकारी पाएका थिए ।
विभिन्न समिति बनाउने बिषयमा दलहरु बिच कुरामिलेन
प्रदेश सभा नियमावली मस्यौदा समितिले आज मस्यौदा सदनमा पेश गरेको छ । समितिले पेश गरेको मस्यौदामा भोली पारित गर्नेगरी तयारी भईरहेको संसद सचिवालयले जनाएको छ । पेश भएको नियमावलीको मस्यौदामा ४ वटा समिति बनाउने की ७ वटा बनाउने भन्ने बिषयमा दलहरु बिच कुरा मिलेको छैन । नेपाली कंग्रेसले बिभिन्न बिषयगत समितिहरु ४ वटा मात्र बनाउनु पर्ने बताउँदै आएको छ भने सत्तापक्ष एमाले र माओवादीले ७ वटा समिति बनाउने प्रस्ताव नियमावलीमा समितिले पठाएको छ। प्रस्तावित ७ वटा समितिमा न्याय प्रशासन तथा विधायन समिति, शुसाशन तथा योजना रणनीति समिति, अर्थ तथा विकास समिति, सार्बजनिक लेखा समिति, शिक्षा–स्वास्थ्य–कृषि सामाजिक विकास समति, उद्योग पर्यटन तथा वातावरण समिति, प्राकृतिक श्रोत तथा पुर्बाधार समिति तथा अन्य थप समिति तोक्न सक्नेगरी मस्यौदामा उल्लेख गरिएको समितिका संयोजक अधिकारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्