एसईई परिक्षा आज ८ बजे देखि, मोरङमा १८ हजार बिद्यार्थी सहभागी हुँदै

एसईई परिक्षा आज ८ बजे देखि, मोरङमा १८ हजार बिद्यार्थी सहभागी हुँदै

विराटनगर, ८ चैत ।
आजदेखि शुरु हुने एसईई परिक्षामा मोरङबाट १८ हजार बिद्यार्थी सहभागी हुनेछन् । नियमित तर्फ १७ हजजार एक सय ६७ र पुरक परिक्षा तर्फ ६ सय २२ जना बिद्यार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ । जिल्ला शिक्षा अधिकारी दिनानाथ पुरीले ६९ परिक्षा केन्द्र तोकिएको जानकारी दिनुभयो । नियमित तर्फ ६७ र पुरक तर्फ २ परिक्षा केन्द्र निर्धारण गरिएको पुरीले बताउनुभयो । जिल्लामा परिक्षा संचालन गर्न ५९ लाख २३ हजार खर्च जनाईएको छ । मोरङमा एक स ि७९ सामुदायिक बिद्यालय र एक सय ८९ संस्थागत बिद्यालय परिक्षामा सहभागि हुने पुरीले जानकारी दिनुभयो ।
बिहान ८ बजे देखि शुरु हुने परिक्षामा चारलाख ८५ हजार ५ सय ८६ परिक्षार्थी देशभरबाट सहभागी हुनेछन् ।
झापामा १५ हजार आठ सय
यसबर्ष झापामा १ सय १२ सामुदायिक र २ सय १४ संस्थागत विद्यालयबाट १५ हजार ८ सय ९ जना विद्यार्थी एसईई परीक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । झापाका शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले नियमिततर्फ ७ हजार ७ सय ९४ जना छात्रा र ७ हजार २ सय १ जना छात्र गरी १४ हजार ९ सय ९५ जना परीक्षामा सहभागी हुने बताउनुभयो । त्यस्तै एम्जाम्टेडतर्फ ५ सय ४७ छात्रा र २ सय ६७ जना छात्र गरी ८ सय १४ जना सामेल हुने उहाँले जानकारी दिनुभयो । बरालका अनुसार ३ जना दृष्टिविहीन, ११ जना सुस्तश्रवण, २ सय ५५ जना प्राविधिक धार र १ सय २३ जना खुला विद्यालयबाट सहभागी हँुदैछन् । झापामा ५४ वटा केन्द्र तोकिएको छ । परीक्षालाई शान्त र मर्यादित बनाउन १ हजार ९ सय ६८ जनशक्ति परिचालन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्