एक नम्बर प्रदेशको आन्तरिक मामिला मन्त्रालयको यस्तो योजना, बैशाख भित्र ११ लाख घरमा प्रहरी पुग्ने

एक नम्बर प्रदेशको आन्तरिक मामिला मन्त्रालयको यस्तो योजना, बैशाख भित्र ११ लाख घरमा प्रहरी पुग्ने

विराटनगर, ८ चैत ।
प्रदेश सरकारले कानुन नआउँदै आफ्नो कार्यक्षेत्रको बारेमा पत्रकारसम्मेलन गरेर जानकारी दिन थालेका छन् । आज प्रदेश नम्बर १ का अकान्तरिक मामिला तथा कानुन मन्त्रीले पनि आफ्नो कार्य क्षेत्रको बारेमा पत्रकार सम्मेलन नै आयोजना गर्नु परेको छ । मन्त्री हिक्मत कार्कीले कानुन नभएपनि प्रदेशभित्र रहेका सबै सरकारी संरचना प्रदेश सरकार मातहत रहने बताउनुभयो । कानुनको अभाबमा प्रदेश सरकार प्रभाबकारी रुपमा सक्रिय हुन नसकेको बेला मन्त्री कार्कीको यस्तो प्रतिक्रिया आएको हो । नेपाल प्रहरी गृह मन्त्रालय मातहत रहने भएपनि प्रदेश प्रहरीको संरचना नबन्दा प्रदेश सरकारको समन्वयमा परिचालन हुने मन्त्री कार्कीको भनाईछ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश सरकारले तय गरेको सय दिने कार्यक्रम अनुसार कामलाई निरन्तरता दिने बारेमा मन्त्री कार्कीले जानकारी दिनुभयो । सय दिने कार्यक्रमको सन्दर्भमा मन्त्री कार्कीले कानुन अभाबको कारण उत्पन्न जटिलता संघीय सरकारले फुकाईदिने स्पष्ट पार्नुभयो । मुख्यमन्त्रीले प्रधानमन्त्रीसँगको छलफल पछि कानुनी जटिलता संघीय मन्त्री परिषदको बैठकले फुकाईदिने भएकोले मन्त्री परिषद निर्णय कानुन सहर हुने भएकोले प्रदेश सरकारलाई काम गर्न समस्या छैन ।
सय दिनभित्र प्रदेश सरकारलाई चाहिने कानुन निर्माण गर्ने, सुरक्षा निगरानी बढाउन मुख्य बजारहरु, बित्तीय संस्था, जनसरोकारका कार्यालयहरुमा सिसिटीभी जडान थाल्ने, प्रहरी कार्यालयहरुमा नागरिक सहायता कक्ष स्थापना गर्ने र नागरिक सहयोगी खटाउने योजना मन्त्रालयको छ । यस्तै कुनै घटना भएमा सहरी र सुगम क्षेत्रमा २० मिनेटभित्र तथा दुर्गम क्षेत्रमा १ घण्टाभित्र प्रहरी पुग्ने व्यवस्था मिलाउने, गुण्डागर्दी र हतियारको आतंक रोक्ने, पर्यटकीय स्थलहरुमा सूचना केन्द्र र सुरक्षा सहायता कक्ष स्थापना गर्ने, विपद् व्यवस्थापनलाई चुस्त बनाउन प्रदेशिक गोदामघरको व्यवस्था गर्ने मन्त्रालयले जनाएको छ ।
सय दिने कार्ययोजनाभित्र वरिष्ठ पत्रकारहरुलाई सम्मान गर्ने, पत्रकारको न्युनतम पारिश्रमिक र सरकारी विज्ञापनको समानुपातिक वितरणको लागि अध्ययन समिति बनाई काम थाल्ने कार्यक्रम पनि मन्त्रालयले तय गरेको छ । सुरक्षित यात्राको लागि सडक सुशासन कार्यक्रम चलाउनेसहितका कार्यक्रम योजनामा समेटिएको छ ।

प्रदेश सरकारले तय गरेको सय दिने कार्यक्रम अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउने कामको सुरुवात गर्ने मन्त्री कार्कीले जानकारी दिनुभएको छ । चालु वर्षको लागि सरकारले ल्याउने पुरक बजेटमा पनि त्यसको सुरुवात हुने उहाँले बताउनुभयो । यस्तै जनतासँग प्रहरी अभियान अन्तर्गत वैशाख महिनाभित्रमा प्रदेशसका सबै ११ लाख घरधुरीमा नजिकको प्रहरी कार्यालयको फोन नं. सहितको स्टिकर टाँस गरिने जनाईएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिब यज्ञवहादुर खत्रीले मन्त्रालयले बिस्तृत कार्ययोजनासहित सय दिने कार्यक्रम अगाडि बढ्ने जानकारी दिनुभयो । सय दिनभित्रमा कतिपय काम सम्पन्न हुने र कतिपय कामको सुरुवात हुने जानकारी दिँदै उहाँले त्यसको लागि सबै सरोकारावाला निकाय परिचालन गर्ने कार्ययोजना मन्त्रालयले बनाएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्