७५ रुपौयाँ पर्ने स्लाईनलाई ४ सय लिने कर्मचारीलाई कार्वाही गर्न मन्त्री घिमिरेको निर्देशन

७५ रुपौयाँ पर्ने स्लाईनलाई ४ सय लिने कर्मचारीलाई कार्वाही गर्न मन्त्री घिमिरेको निर्देशन

सुमन सुस्केरा
विराटनगर, ८ चैत ।
भोजपुरको राम प्रसाद राई गाउँपालिका ७ मा रहेको स्वास्थ्य चौकीमा कर्मचारीले निःशुल्क बितरण गर्नु पर्ने औषधि बेचिएको सामाचार आएपछि त्यस बारेमा प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले चासो दिएको छ ।
बिभिन्न संचार माध्याममा समाचार आएसँगै सामाजिक विकास मन्त्री जीवन घिमिरेले घटनाको बिषयमा सत्य तथ्य छानविन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डाक्टर त्रिभुवनचन्द्र झालाई निर्देशन दिनु भएको छ । महिनावारीका कारण अत्याधिक रक्तश्राव भएपछि रामप्रसाद राई गाउँपालिका ७ की रमिला बोगटी मानेभञ्ज्याङ स्वास्थ्य चौकीमा पुग्नु भएको थियो । हेल्थ असिस्टेन्ट सोनु साहले जाँच गर्दा बोगटीलाई स्लाईन र आरएल ईन्जेक्सनको रकम तिर्नु भएको थियो । अत्याधिक रक्तश्राव भएका कारण उहाँले सोही स्वास्थ्य संस्थामा उपचार गराएको ४ सय रुपैयाँ तिर्नु भएको थियो । सरकारले निःशुल्क वितरण गर्न दिएको औषधि स्वास्थ्य संस्थामा बेचिने गरेको पाईएपछि प्रदेश मन्त्रालयको ध्यान गएको हो ।
७५ रुपैयाँ पर्ने स्लाईनलाई ४ सय लिएको पाईएपछि भोजपुरका जनस्वास्थ्य प्रमुख झालाई तत्काल त्यस बिषयमा छानबिन गरि दोषि भए तत्काल कार्वाही गर्न मन्त्री घिमिरेले टेलिफोन मार्फत निर्देशन दिनुभएको हो ।
‘सरकारले निःशुल्क वितरण गर्न दिएको औषधि रकम लिएर बेचेको भन्ने जानकारीमा आएको छ, मन्त्री घिमिरेले भन्नुभयो, यो बिषय के हो तत्काल छानविन गरी दोषी देखिएका कार्वाही गर्नुस् ।’
भिडियो सहित घटना बाहिर आएपछि यस बिषयमा मन्त्री स्तरबाट कार्वाहीको लागि निर्देशन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्