सन्दिप लामिछानेको गीतको टिजर सार्वजनिक

<span class='c1'>सन्दिप लामिछानेको गीतको</span> <span class='c2'>टिजर सार्वजनिक</span>

इन्डियन प्रिमियर लिग खेल्न  भारत जाने तयारीमा रहेका क्रिकेटर सन्दिप लामिछानेले  यतिबेला आफ्नो आवाजमा रहेको एक एल्बम ल्याएर आफ्नो फ्यानहरुलाई सरप्राईज दिएका छन् ।

फेसबुकमा सन्दिपले एउटा गीतको टिजर सार्वजनिक गरेका छन् जसमा उनी आफैले आवाज दिएका छन् । सन्दिप क्रिकेट बलमा औंला घुमाउन मात्र होइन, गीतमा स्वर घुमाउन पनि खप्पिस रहेछन् ।गायन सँधै मेरो दोस्रो सौखको रुपमा रहेको छ । एउटा गीतमार्फत मैले आफ्नो सौखलाई उजागर गर्ने इमान्दार प्रयत्न गरेको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

उदास थियो यो मेरो मन’ बोलको १ मिनेटको टिजरमा उनले सकारात्मक प्रतिक्रिया पाएका छन् । सन्दिपले चाँडै आफू ‘प्रतिक्षा’ एल्बम लिएर स्रोतामाझ आउने जानकारी पनि गराएका छन् ।

हालका दिनहरुमा सन्दिप लामिछाने स्पिन बलिङका कारण विश्वचर्चित बनिरहेका छन् ।

https://www.youtube.com/watch?v=uf8tSk0iWyg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्