डेभिड वार्नरले सनराइजर्स हैदराबादको कप्तानबाट राजीनामा दिए

डेभिड वार्नरले सनराइजर्स हैदराबादको कप्तानबाट राजीनामा दिए

एजेन्सी । चर्चित अष्ट्रेलियन क्रिकेट खेलाडी डेभिड वार्नरले सनराइजर्स हैदराबादको कप्तानबाट राजीनामा दिएका छन् । सनराइजर्स हैदराबादको अफिसियल ट्विटरले वार्नरले कप्तानबाट राजीनामा दिएको उल्लेख गरेको छ ।

सनराइजर्स हैदराबादका प्रमुख कार्यकारी अधिकृत (सीईओ) के शंमुहामले पछिल्लो दक्षिण अफ्रिका विरुद्धको खेलमा भएको इस्युका कारण वार्नरले कप्तानबाट राजीनामा दिएको बताएका छन् ।

वार्नरको कप्तानीमा सन् २०१६ को इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइजर्स हैदराबादले जितेको थियो । कप्तानबाट वार्नरले राजीनामा दिएसँगै हैदराबादको कप्तान कसलाई बनाउने भन्ने विषयमा चर्चा चलिरहेको हैदराबादले आफ्नो ट्विटरमा उल्लेख गरेको छ ।

दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेष्ट क्रिकेटको दौरान अष्ट्रेलियाका खेलाडीले ‘बल टेम्परिङ’ गरेपछि कप्तान स्टेभन स्मिथ र उपकप्तान वार्नर विवादमा मुछिएका थिए ।
केप टाउनमा भएको खेलको दौरान ब्याट्सम्यान क्यामरुन बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेका थिए । बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेको भिडियो सार्वजनिक भएपछि उपकप्तान वार्नर पनि मुछिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्