सीप सिकाउने फरक अभ्यास, विराटनगरमा आत्म निर्भरको लागि तीन सय जनाले सीप परिक्षण गर्ने

<span class='c1'>सीप सिकाउने फरक अभ्यास, विराटनगरमा आत्म निर्भरको</span> <span class='c2'>लागि तीन सय जनाले सीप परिक्षण गर्ने</span>

विराटनगर, २० चैत ।
सुनसरी र मोरङमा मनमोहन पोलिटेक्निकले बिभिन्न प्राबिधिक बिषयमा तालिम दिन शुरु गरेको छ । बिराटनगर, दुहबी र बुढीगंगामा गरि एकै पटक ४ वटा तालिम शुरु भएको हो । दुहबीमा डकर्मी, कम्प्युटर बेसिक प्याकेज, मनमोहन पोलिटेक्निक बुढीगंगामा र्इिन्जनियरका लागि सोलार तालिम, बिराटनगरमा महिलाहरुको लागि जुनियर कम्प्युटर हार्डवेयर टेक्निसियन तालिम एकै पटक शुरु भएको हो । यसैबिच तालिम लिएका र सीप परीक्षण नगरेकाहरुको लागि सीप परीक्षण पनिशुरु भएको छ । सीप परीक्षण परीक्षा समेत संचालन भईरहेकोले चैत १५ देखि २९ गतेसम्म बिभिन्न पेशामा आबद्ध रहेका तीन सय जनाले सीप परिक्षण गर्नेछन् ।
डकर्मी तालिम
सुनसरीको दुहबी नगरपालिका ४ को आर्थिक सहयोगमा मनमोहन पोपलटेक्टिकले सोही वडाका २० जनालाई डकर्मी सम्बन्धि तालिम शुरु भएको छ । ३ सय ९० घण्टसम्म संचालन हुने तालिममा बिपन्न र आर्थिक अबस्था कमजोर भएकाहरुको सहभागिता रहेकाहरुलाई तलिममा सहभागि गराईएको छ । विपी निमाबि दुहवीमा तालिमको आयोजना गरिएको पोलिटेक्निकले जनाएको छ । यस्तै दुहबी नगरपालिका ४ कै २० जनालाई बेसिक कम्प्युटर अफिस तालिम शुरु भएको छ । मनमोहन पोलिटेक्निकमा दिईने तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कलेजका प्राचार्य सुवासश्री पोखरेलले मनमोहनले अल्पसंख्या र सिमान्तकृत लगायतका आर्थिक अबस्था कमजोर भएकाहरुलाई तालिम दिईने र जिबिकोपार्जनको मार्ग प्रसस्त गराउनको लागि विभिन्न निकायहरुसँगको सहकार्यमा तालिम दिईँदै आएको जानकारी दिए ।
नाष्टका वरिष्ट बैज्ञानिक डा सुरेश ढुङ्गेल, नाष्टकालागि वरिष्ठ प्राबिधिक सल्लाहकार कोरियन नागरिक छुन डोङ लीले पछिल्लो समय प्रबिधिलाई पछ्याउँदै ब्यापार गर्नेहरु सफल भएको बताए । लीले भने, ‘प्रबिधिको प्रयोग गरेर गरिएका ब्यापारले कोरियाको विकास भएको हो, प्रविधिको सही प्रयोग गर्न सके नेपालमा पनि यसको प्रसस्तै सम्भावना रहेकोले धेरैै फाईदा लिन सकिन्छ ।’ जुनियर हार्डवेयर कम्युटर तालिम
महिलाहरुको लागि जुनियर हार्डवेयर कम्प्युटर सम्बन्धि तालिम आजै देखि बिराटनगरमा शुरु भएको छ । ३ महिनासम्म हुने तालिममा मोरङ, सुनसरी, सिरहा, महोत्तरी सम्मका महिलाहरुको सहभागिता रहेको छ । आदिवासी जनजाती, महिला, एकल महिला तथा बिपन्नलाई छनौट गरी तालिमको आयोजना गरिएको हो । विराटनगर ११ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदको सिप विकास परियोजनाको सहयोगमा मनमोहन पोलिटेक्नीकले निःशुःल्क तालिमको आयोजना गरेको पोलिटेक्निकका सदस्य तथा सुचनासंचार अधिकृत सत्यनारायण चौधरीले जानकारी दिए । महिलालाई मात्र दिईने जुनियर कम्प्युटर हार्डबेयर टेक्निसियन तालिममा २० जना महिला सहभागी छन् ।
सहभागी महिलाले दैनिक ४० रुपैयाँको दरले खाजा भत्ता र २ जनालाई मासिक तीन हजार पाँचसयका दरले २ जना गरिब बिपन्न मध्यकालाई निर्वाह भत्ता दिईने पोलिटेक्निकका तालिम प्रमुख ईन्जीनियर सुदिप अधिकारीले बताए । सीप विकास परियोजनाका क्षेत्रीय अनुगमन अधिकृत निरज चौधरीले तालिमको माध्यामबाट आर्थिक अबस्था कमजोर भएका, दलित, मधेशी, आदिवासी, जनजाती, विपन्न र आर्थिक अबस्था कमजोर भएकाहरुले आम्दानीको बाटो पहिल्याउन सक्ने बताए ।
सौर्य उर्जा ईन्जिनियरलाई
सौर्य उर्जा प्रवद्र्धनका लागि एक नम्बर प्रदेशका ईन्जिनियरहरुको लागि ३ दिन तालिम शुरु भएको छ । आज देखि शूरु भएको तालिममा जलको विनाश विना बिद्युत उत्पादनमा गर्नको लागि सार्य उर्जाको उत्पादन बढाउनु पर्नेमा जोड दिईएको छ । नेपाल बिज्ञान प्रबिधि प्रतिष्ठान नाष्ट र मनमोहन पोलिटेक्निको संयुक्त आयोजना शुरु भएको तालिममा पुर्वाञ्चल विश्व बिद्यालयका उपकुलपति प्राध्यापक डा. घनश्यामलाल दासले एक नम्बर प्रदेशलाई सौर्य उर्जाको प्रबद्र्धन बढाउन सबैको भुमिका हु्नु पर्नेमा जोड दिए । तालिममा एक नम्बर प्रदेशका शिक्षक, ईन्जिनियर, प्राध्यापक सहित २८ जनाको उपस्थिती रहेको छ। बैकल्पिक उर्जा केन्द्र र उर्जाको अबस्थाको बारेमा तालिममा जानकारी दिईनुको साथै एक नम्बर प्रदेशमा शौर्य उर्जाको सम्भावनको बिषयमा खोजी हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्