कोलकता नाइट राईडर्सलाई ५ विकेटले हराउँदै सनराइजर्सको लगातार तेस्रो जित

कोलकता नाइट राईडर्सलाई ५ विकेटले हराउँदै सनराइजर्सको लगातार तेस्रो जित

एजेन्सी । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा कोलकता नाइट राईडर्सलाई ५ विकेटले हराउँदै सनराइजर्सले लगातार तेस्रो जित निकालेको हो ।
कोलकतास्थित इडेन गार्डेन स्टेडियममा घरेलु टोलीले दिएको १३९ रनको लक्ष्य सनराइजर्सले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । सनराइजर्सको जितमा कप्तान केन विलियमसनले ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै शकिब अल हसनले २४, रिद्दिमान साहले २४ तथा युसुफ पठानले अविजित १७ रन जोडे । कोलकाताका सुनिल नारिनेले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३८ रन जोडेको थियो । कोलकाताको लागि क्रिस लायनले ४९ तथा कप्तान दिनेश कार्तिकले २९ रन जोडे । त्यस्तै नितिस रानाले १८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सनराइजर्सका भुवनेश्वर कुमारले ३ तथा बिली स्टानलेक र शकिब अल हसनले समान २ – २ विकेट लिए ।

लगातार तेस्रो जितसँगै सनराइजर्स हैदरावादले लिगमा ६ अंक जोडेको छ । र, सनराइजर्सले लिगको शीर्ष स्थानमा यथावत रहेको छ । यो जितपछि सनराइजर्सले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । पराजित कोलकता २ अंक जोडेर चौथो स्थानमा छ । कोलकाताले तीन खेलमा एक जित र दुई हार बेहोरेको छ ।

आईपीएल अन्तर्गत नै शनिबार भएको अर्को खेलमा दिल्ली डेयरडेभिल्सले पहिलो जित निकालेको छ । लगातार दुई खेल गुमाएको दिल्लीले तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको हो । जितपछि दिल्लीले लिगमा २ अंक जोडेको छ र लिगको छैटौं स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार बेहोरेको मुम्बई अंकबिहीन रहँदै पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्