साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘ए’ मा

साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । बंगलादेशमा आगामी सेप्टेम्बरमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा बुधबार निकालिएको खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको हो ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजना हुने च्याम्पियनसिपमा नेपालको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान रहेको छ । यस्तै समूह ‘बि’ मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

ढाकामा तय भएको च्याम्पियनसिप सेप्टेम्बर ४ बाट १८ सम्म हुनेछ । साफले प्रतियोगिता बंगलादेशमा गर्ने निर्णय यसअघि नै गरिसकेको थियो । साफ च्याम्पियनसिपको अघिल्लो संस्करण भारतमा भएको थियो ।

भारतमा भएको अघिल्लो संस्करणमा अफगानिस्तानलाई फाइनलमा २–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले उपाधि जितेको थियो ।  साफ च्याम्पियनसिप फुटबलमा भारत सबैभन्दा सफल टिम हो । भारतले अहिलेसम्म सात पटक साफ फुटबलको उपाधि उचालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्