विश्वकप टी–२० छनोटका लागि नेपाल रहेको समूहको खेलतालिका सार्वजनिक

विश्वकप टी–२० छनोटका लागि नेपाल रहेको समूहको खेलतालिका सार्वजनिक

बिराटनगर वैशाख ८ । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकप ट्वेन्टी–२० क्रिकेटका लागि छनोट चरणको खेलतालिका सार्वजनिक भएको छ ।

नेपाल महादेश क्षेत्र छनोटमा एसियाको समूह ‘बी’मा रहेको छ ।

नेपालको समूहमा आयोजक मलेसियासँगै चीन, भुटान, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् । यो समूहबाट उत्कृष्ट तीन टिम अर्को चरणमा प्रवेश गर्नेछन् ।

खेल आगामी असोज १७ गतेदेखि २६ गतेसम्म हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शुक्रबार सार्वजनिक गरेको तालिकाअनुसार एसियाको समूह ‘ए’मा आयोजक कुवेतसँगै युएई, कतार, बहराइन, माल्दिभ्स र साउदी अरेबिया रहेका छन् ।

समूह ‘ए’का खेलहरु भने शुक्रबारदेखि सुरु भएका छन् । यो समूहबाट पनि शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्