आइपिएल क्रिकेट : चेन्नई सुपर किङ्स विजयी , राजस्थान रोयल्सलाई ६४ रनले हरायो

आइपिएल क्रिकेट : चेन्नई सुपर किङ्स विजयी , राजस्थान रोयल्सलाई ६४ रनले हरायो

काठमाडौं, बैशाख ८ । इन्डियन्स प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्स विजयी भएको छ ।

पुणेमा भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ६४ रनले पराजित गरेको हो ।

जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८ दशमलव ३ ओभरमा सबै १० विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो ।

राजस्थानका बेन स्टोकले ४५ तथा जोस बट्लरले २२ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो ।

चेन्नईका लागि सेन वाट्सनले १ सय ६ तथा सुरेश रैनाले ४६ रन बनाएका थिए । यो जितसँगै चेन्नई ६ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिको छ ।

समान ६ अंक नै भए पनि कोलकाता नाइट राइडर्स, सन राईजर्स हैदरावाद र किंग्स इलावेन पञ्चाव रन रेटका आधारमा चेन्नईभन्दा मुनी छन् ।

राजस्थान भने पाँचौ स्थानमा छ । ५ खेलबाट उसले ४ अंक मात्र बटुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्