आईपीएल :सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई १३ रनले हरायो

<span class='c1'>आईपीएल :सनराइजर्स हैदरावादले किंग्स इलाभेन</span> <span class='c2'>पन्जाबलाई १३ रनले हरायो</span>

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । बिहिबार राति भएको खेलमा हैदरवादले पन्जाबलाई १३ रनले हराएको हो ।

हैदरवादस्थित राजिबगान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा घरेलु टोलीले दिएको  १३३ रनको लक्ष्य पछ्याएको पन्जाब १९ ओभर २ बलमा अलआउट हुँदै ११९ रनमा समेटियो  । पन्जाबको लागि ओपनर लोकेस राहुलले ३२ तथा अर्का ओपनर क्रिस गेलले २३ रन बनाएपनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

त्यस्तै पन्जाबका करुण नायर १३, मायांक अग्रवाल १२ तथा मुजिब उर रहमानले अविजित १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पन्जाबलाई सस्तैमा समेट्न हैदरावादका राशिद खानले ३ तथा सन्दिप शर्मा,बासील थम्पी र शकिब अल हसनले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १३२ रन जोडेको थियो । हैदरावादका मनिस पाण्डेले ५४ तथा शकिब अल हसनले २८ रन जोडे । यस्तै युसुफ पठानले अविजित २१ र शिखर धवनले ११ रन जोडे । पन्जाबका अंकित राजपुत एक्लैले ५ विकेट लिदा मुजिब उर रहमानले १ विकेट लिए ।

यो जितसँगै हैदरावादले पन्जाबलाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । हैदरावादको सातौं खेलमा यो पाँचौ जित हो । हैदरावादले १० अंक जोडेको छ । जितसँगै हैदरावादले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यता, घरेलु टोलीसँगको हारसँगै पन्जाब लिगको तेस्रो स्थानमा झरेको छ । हैदरावादसँग समान खेलबाट समान १० अंक भएपनि रन रेटको आधारमा पन्जाब तेस्रो स्थानमा झरेको हो । लिगको शीर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सको  ६ खेलबाट ५ जितसहित १० अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्