सपनामा केचना देखि सगरमाथासम्म

सपनामा केचना देखि  सगरमाथासम्म

हरि अधिकारी ‘रोशन’

विराटनगर- धेरै दिनको कामको चापपछि बल्ल फुर्सद मिलेको थियो । फुर्सदलाई सदुपयोग गर्दै दुई चार जना साथी विराटनगर भन्दा बाहिर घुम्न जाने योजना बनाउदै थियौँ । निरज, कुमार, राज होली डे प्लानिङ्का लागि सल्लाह गर्न मेरो कोठामा आएका थिए । साथीहरुको सत्कारका लागि म भान्सामा चिया पकाउ“दै थिएँ। उनीहरु सगरमाथाको आधार शिविरसम्म पुग्ने योजना बनाउ“दै थिए । म भान्साबाट उनीहरुलाई प्याकेज नै बनाएर जाउ“ भनेर आग्रह गर्दै थिएँ । मेरो मोवाइलको घण्टी बजिरहेको थियो । हल्लाले गर्दा मोवाइलको रिङ मेरो कानसम्म पुगेको थिएन ।

दाई फोन आयो– निरजले भन्यो ।
कस्को हो ? भान्साबाटै मैले सोधें ।
खै नम्बर सेभ छैन ।
चिया उम्लिदै थियो हतार हतार मोवाइल भएको ठाउमा आए ।
नम्बर सेभ थिएन ।
रिसिभ गरेंँ ।
भाइ के छ हालचाल सञ्चै छौ ? फोन कानमा पर्ने वित्तिकै आवाज गुञ्जियो । नम्बर नचिनेपनि आवाज कतै सुने जस्तो लाग्यो । मान्छे चिने“ ।
उहा“ प्रदेश नम्बर ७ मा बस्ने मेरो जेठो दाजु हुनुहुन्थ्यो ।
पूर्व आउ“कि भनेको घुम्नलाई । उहा“ले भन्नु भयो ।
होर π आनुहोस् न म छँदै छु नी ।
परिवारसहित आउने योजना बनाएको भाइ घुम्ने ठाउ“ त छ नी पूर्वमा ? फेरि सोध्नु भयो ।
कस्तो प्रश्न गर्नुभएको दाजु के–के घुम्ने सोच बनाउनु भएको छ त्यो चाहिं भन्नुु्स् न, मैले भनेंँ ।
मलाई सगरमाथालाई नजिकबाट हेर्ने मन छ । छोरो पनि खुब रहर गर्दैछ । अनि पूर्व आएकै बेला पाथिभरा माताको दर्शन पनि गराँै कि भनेको । उहा“ले भन्नु भयो ।
कति दिनको छुट्टीमा आउ“दै हुनुहुन्छ ? मैले सोधें ।
एकसाता । दाईले भन्नुभयो ।
ठिक छ । आउनु न । तपाईलाई प्रदेश नम्बर १ को सबै पर्यटकीय क्षेत्रको अवलोकन गराउने जिम्मा मेरो ।
ठीक छ तर के छ भनाई बिशेष, कहा“ कहा“ बस्नु सात दिनसम्म । दुईवटा प्रश्न एकै पटक म माथि तेर्सियो ।
दाजु , पूर्व पश्चिम रेल चढेर आउनु होस् । पाइयो भने सिधै विराटनगर आउने ट्रेनको टिकट काट्नु होला । नभए इटहरीसम्म आएर मोनो रेलको मजा लिँदै विराटगरसम्म आउन सकिन्छ ।
हामी पहिलो दिन विराटनगर नै घुम्छौ । प्रदेश नम्बर १ को राजधानी विराटनगर स्मार्ट सिटी हो । यहा“ रहेका पर्यटकीय क्षेत्रहरुको अवलोकन गर्न दुई दिन लाग्छ । युरोप अमेरिकाबाट मान्छेहरु विराटनगरमा मात्रै १५–१६ दिन बिताउ“छन् । हामी सरसर्ती दुई दिनमा घुमेर सक्छांै ।
तपाई आएपछि सिंघिया खोलाको ग्रिन बेल्ट बगैचा हेर्न पुष्पलाल चोक माथिबाट बोट रिजर्व गरेर हामी खोला किनारको अवलोकन गर्नेछौ । पोखरियाको परोपकार विश्रान्ति स्थलमा रहेको जातीय संग्रहालयको अवलोकन गर्नेछौ । त्यहा“का ऐतिहासिक सामग्री हेर्नेछौ ।
त्यहा“ हामीलाई डेढदेखि दुई घण्टा लाग्नेछ । त्यसपछि फेरि बोट चढेर ग्रिन बेल्टको बाटो हु“दै प्राकृतिक दृष्य हेर्दै परम विश्रान्ति स्थलमा राखिएका विभिन्न प्रजातिका जनवारहरु हेर्नेछौं । त्यसपछि बोट चढेरै भेडियारीसम्म पुग्ने छौ । करिब सात किलोमिटर दूरी पार गर्न हामीलाई चार पा“च घण्टा लाग्नेछ । त्यसपछि भेडियारीस्थित विराट राजाको दरवारको अवलोकन गर्नेछांै । जहा“ विराट राजाका ऐतिहासिक विषयबस्तुहरुको अवलोकन गर्नेछौं । विराटनगर नाम पनि विराट राजाले राज गरेको क्षेत्र रहेको भन्ने भनाई छ । यहा“ आउ“दा विराट राजाको दरवार नजाने मान्छेहरु पछुताउ“छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको सक्रियतामा संरक्षण गरिएको दरवारमा रहेका पुरात्तात्विक महत्वका सामग्री हेर्दा तपाई र भतिजले धेरै कुरा सिक्न पाउनुहुन्छ ।
विराटनगर चक्रपथ मोनो रेल दरबार क्षेत्रबाट गुड्छ । हामी मोनोरेल चढेर विराटनगर बजारलाई परिक्रमा गर्नु पर्छ । ४६ किलोमिर चक्रपथस“गै मनोरेल दक्षिण एसियाकै उत्कृष्ठ छ ।
मोनोरेलबाट नै हामी केसलिया खोलाको पर्यटकीय क्षेत्र हेर्ने छौ । मोनोरेल चढेर हामी विराटनगर जुट मिल पनि पुग्ने छौं । नेपालका पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले काम गरेको जुटमिल नेपालकै ऐतिहासिक हो । नेपालको पहिलो जुटमिलबाट नै तारिणीप्रसाद कोइरालाले रेडियो प्रजातन्त्रको प्रशारण गरेका थिए । सातसालको क्रान्तिपछि प्रजातन्त्र रेडियोको नाम परिवर्तन भएर रेडियो नेपाल राखियो । ती नै कोइरालाको सम्मानमा रेडियो नेपाललले विराटनगरमा तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम निर्माण गरेको छ । त्यो हाम्रालागि निकै उपयोगी बनेको छ ।
हामी ऐतिहासिक विराटनगर जुटमिल भि त्रको संंग्रहालय पनि हेर्नेछौँ । विराटनगर जुट मिलले प्रदेश नं १ को मात्र नभएर राष्ट्रकै अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको छ । दुई हजार मजदुरले रोजगारी पाएका छन् । पहिले जुटमात्र उत्पादन हुने मिलले प्लाष्टिक निषेधित क्षेत्र बनाउनका लागि झोला, कपडा लगायतका सामग्री उत्पादन गर्दै तेस्रो मुलुकसम्म निर्यात गर्दै आएको छ । तपाईंलाई थाहा होला कुनै समय बन्द रहेको जुट मिलले उदारणीय काम गरेको छ ।
जुटमिलपछि हामी विराटनगरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हेर्नेछौ । जहा“ भारत र नेपाल बीच वानडे गेम भएको थियो । यही रंगशाला हो जहा“ विराट कोहलीको टिमलाई पारस खड्काको टिमले पराजित गरेको थियो ।
रंगशालापछि हामी कोशी अञ्चल अस्पताल अघि रहेको कोइराला निवास हेर्नेछौँ । जुन घरले नेपालका लागि तीन वटा प्रधानमन्त्री दिएको थियो । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए । यो निवास संयोगले बचेको थियो दाजु । कोइराला परिवारको छोरा खलकमा अंशबण्डा गरेर बिक्री गर्दा ऐतिहाँसिक घर ओझेलमा परेको थियो । तर हाम्रा मेयर भीम पराजुलीले घर संरक्षण गरेर संग्रहालय बनाउन ठूलो भूमिका निर्वाह गरेका थिए । आज त्यो भवन हेर्न आउनेमा दैनिक दुईसय जति विदेशीहरु नै हुन्छन् ।
राम π राम ππ विराटनगर घुम्नै दुईदिन लाग्ने रछ ? मेरो कुरा सुनेपछि दाजुले भने ।
यहा“भित्र रहेका सम्पदा सबै सम्पदालाई ध्यान दिएर हेर्ने हो भने तपाइको एक हप्ता यहीँ बित्ने छ दाजु ।
विराटनगर शहरको बिशेषता तपाईलाई सुनाउ“m ? जोगवनी किमाथाङ्का सडकले यहा“को जन–जीवनलाई फेरेको छ । कुनै युरोपेली शहर भन्दा कम छैन विराटनगर ।
छिटो छिटो हेरेर हामी तेस्रो दिन सगरमाथाका लागि निस्कनु पर्छ । मैले भनें ।
हुन्छ । उताबाट दाजुले भने ।
सगरमाथा विराटनगरबाटै जान्छ । टिकट पनि महङ्गो छैन् । ५ हजार तिर्दा आधार शिविरसम्म पुगेर आइन्छ ।
बाटो अफ्ठ्यारो होला नी ? उताबाट दाजुले भने ।
छैन छैन । मुख्यमन्त्री शेरधन राईको पहलमा सगरमाथा आधार शिविरसम्मकै बाटो कालोपत्रे भएको छ । एक दिनमा पुगेर आइन्छ । तर हामी आधारशिविरमा रहेको होमस्टेमा एक रात बस्ने छौँ । बाक्ला लुगा लिएर आउनु होला । त्यसपछि भोलिपल्ट बिहान सल्लेरी ह“ुदै अग्ला अग्ला पहाडलाई छिचोलेर चिन सरकारले बनाइदिएको रेल चढेर पाथीभरा मन्दिर दर्शनका लागि निस्कनेछौँ ।
पाथीभरा माताको मन्दिर दर्शन गर्न केबलकारबाट जानुपर्छ । पूजाआजा पछि केवलकार चढेर बजारसम्म आउने छौ । बजारमा खाना खाएर हामी फिदिम हु“दै इलाम झर्ने छौँ । इलाम बजारमा दिदीको घर छ एकै क्षण त्यहा“ निस्किएर हामी फेरि छुकछुके रेलबाट कन्यामको मनमोहक चिया बगानको दृष्य हेर्दै विर्तामोडसम्म आउनेछौ । हाम्रो यात्रा विश्वको सर्वाेच्च शिखर सगरमाथादेखि नेपालको होचो भाग केचनकवलसम्मको हुनेछ ।
चौथोदिन हामी होचो स्थानको होमस्टेमा बस्छांै । त्यहाको आदिवासी थारू र राजवंशी जातिको जातीय सा“ंस्कृतिक नृत्य हेरेर फर्कने छौ । होमस्टेमा आउने पाहुनाका लागि त्यहा“का स्थानीयले सा“स्कृतिक नृत्य प्रस्तुत गरेर स्वागत गर्ने चलन छ । पा“चौ दिन हामी बिहान विर्तामोड बजार घुम्छौ । विर्तामोड पूर्वको विराटनगरपछि ठूलो आर्थिक नगरीको रुपमा परिचित छ । बजारमा ठूलो बुबाको होटलमा खाना खाएर हामी दमक आउने छौ । दमकमा निर्माण भएको विश्वकै अग्लो बुद्धको मूति साँच्चै सुन्दर छ । हेरीरहु“ लाग्ने । बुद्ध दर्शन पछि दमक रंगशाला, प्रधानमन्त्री केपी ओलीको घर हेरेर पूर्व पश्चिम रेलमार्गको बाटो ह“ुदै उर्लाबारी मंगलवारेमा रहेको जननेता मदनभण्डारी स्मृति संग्रहालय हेर्नेछौ । त्यहा“ मदन भण्डारीको बाल्यकालदेखि दासढुंगासम्मको जीवनचक्रलाई उतारिएको छ ।
त्यहा“बाट हामी सिधै इटहरी आउने छौ । इटहरी पूर्वको ठूलो बजार हो । इटहरीबाट हामी उत्तरतर्फ लाग्छौ । चिनको किमाथाङ्का र भारतको जोगवनी जोड्ने नजिकको नेपाल कै नजिकको बाटो हु“दै हामी भेडेटार धनकुटा, हिले, बसन्तपुर ह“ुदै गुरासको राजधानी तीनजुरे पुग्ने छौ । हामी त्यसपछि मनोरम दृष्य हेर्दै अरुण तेस्रो जलविद्युत आयोजना स्थलसम्म पुग्छौँ ।
समय मिले किमाथाङ्कासम्म पुगौंला नत्र खा“दबारीमा बास बसौँला । भोलिपल्ट बिहानै फर्कौंला । सातौँ दिन आफन्तस“ग पनि भेटघाट गर्नु पर्छ हाम्रो घरमा बुबा आमास“ग भेटघाट गरौंला । हुन्न ?
हुन्छ हुन्छ । दाजुले उताबाट भने ।
म अस्ति आउ“दा त केही भएको थिएन । तर यति धेरै परिवर्तन कसरी भयो ?ः कुरा नपत्याए जस्तै गरी दाजुले भने ।
तपाईको ७ नम्बर प्रदेशमा के भयो थाहा भएन तर १ नम्बर प्रदेशको स्वरुप फेरियो । दिन दुई गुना रात चौगुना विकास निर्माणको कामले गति लियो । सबै काम धमाधम भैरहेको छ । मैले भने ।
कसरी ?ः
यहाको समुदाय विकासमा केन्द्रित छ । मुख्यमन्त्री शेरधन राईसहित आर्थिक मामिला मन्त्री इन्द्र आङवोले बिकास निर्माणका लागि प्रर्याप्त बजेट विनियोजन गर्नुभएको छ । आन्तरिक मामला तथा कानुन मन्त्री हिक्मत कार्कीले सुरक्षा व्यवस्था मजवुद बनाएका छन् ।
सामाजिक विकास मन्त्री जीवन घिमिरे, जगदिश कुसियैतलगायत अरुले वन वातावरण र संस्कृति संरक्षणमा लागेका छन् । रोजगारीको अवसर सिर्जना भएका छन् । प्रदेश नम्बर १ मा गरिवी छैन । सबै सम्पन्न छन् सुखी छन् ।
ल भाइ बा“की कुरा भेटेर गरौला । दाइले भने ।
हुन्छ भन्दै मैले जवाफ फर्काए“ ।
म बोलेको साथीहरुले सुनि रहेका थिए । सगरमाथा जाने योजना बनाउ“दै गरेका उनीहरु मेरो कुरा सुनेर निरास जस्तै देखिन्थे ।
हाम्रो ‘प्लान क्यान्सिल’ हो ? कुमारले सोध्यो । उसको प्रश्नमा नैराश्यता झल्किएको थियो ।
कहाँ क्यान्सिल हुनु जाने नी, मैले भने ।
अनि दाजुस“ग जाने होइन ?
पहिले हामी जाने दाजु आएपछि पनि जाने, मैले भने ।
ए तेसो भए ठिकै छ भन्दै उनीहरु आफ्नो काममा व्यस्त भए ।
म भान्सामा छिरें ।
ग्यास चुलोमाथि चियाको दिउरे थियो । चिया सबै सुकेछ भा“डो डढेर सबै कालो भएछ । फोन उठाउ“दा चिया उम्लँदैथियो । कतिबेला चिया सुकेर दिउरे डढेछ पत्तै भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्