आईपीएलमा किंग्स इलाभेन पन्जाबको छैटौं जित , राजस्थान रोयल्सलाई ६ विकेटले हरायो

आईपीएलमा किंग्स इलाभेन पन्जाबको  छैटौं जित , राजस्थान रोयल्सलाई ६ विकेटले हरायो

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबले छैटौं जित निकालेको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराउदै पन्जाबले लिगमा छैटौं जित निकालेको हो ।

होल्कर क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५३ रनको लक्ष्य पन्जाबले १८ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । पन्जाबको जितमा लोकेश राहुलले अविजित ८५ रनको योगदान दिए । त्यस्तै  करुण नायरले ३१ तथा मार्कुस पिटरले अविजित २३ रन जोडे । राजस्थानका अनुरित सिंह,जोफ्रा अर्चार,कृष्नाप्पा गोथाम र बेन स्टोक्सले समान १ – १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरु २० ओभर खेल्दै ९ विकेट गुमाएर १५२ रन जोडेको थियो । राजस्थानको लागि जोस बाट्लरले ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै सन्जु सामसनले २८, श्रेयस गोपालले २४ तथा बेन स्टोक्सले १२ रन जोडे । पन्जाबका मुजिब उर रहमानले ३ तथा आन्द्रियु ट्यले २ विकेट लिए ।

यो जितसँगै तेस्रो स्थानको पन्जाबले ९ खेलबाट १२ अंक जोडेको छ । र, पन्जाबले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । पराजित राजस्थान ६ अंक जोडेर लिगको पुछारमा रहेको छ । राजस्थानको यो तेस्रो हार हो ।

आईपीएलको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावादले ९ खेलबाट १४ अंक जोडेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्सको पनि समान १४ अंक रहेको छ ।  यस्तै कोलकाता नाइटराइडर्स १० अंक जोडेर चौथो स्थानमा रहेको छ । आइतबार भएको पहिलो खेलमा कोलकातालाई पाँचौ स्थानको मुम्बई इण्डियन्सले १३ रनले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्