बैशाख १४ गतेबाट कक्षा १२ को परिक्षा सुरु भयो । त्यो दिन परिक्षाको तेश्रो दिन रहेको थियो । हामी सम्पूर्ण विद्यार्थीहरु अकाउन्ट बिषयको परिक्षा दिइरहेका थियौ, हाम्रो परिक्षाको सेन्टर गोग्राह स्कुलमा परेको थियो । अचानक परिक्षा दिदै गर्दा हावा चल्न थाल्यो । सबैको लेखिरहेको पेपर उडाउन थाल्यो, झ्याल लगाउन खोज्दा त्यहाँ झ्याल थिएन । स्कुलको भौतिक पूर्वाधार ज्यादै बिरक्तलाग्दो थियो ।
लेखक बिद्यार्थी सुबेदी

आखिर बिकल्प केहि थिएन । मोरङका प्रमुख जिल्ला अधिकारी देखी लिएर शिक्षा कार्यालयका विभिन्न पद अधिकारिहरुले भ्रमण नगर्नु भएको हैन, भ्रमण त सबैले गर्नुभयो तर हाम्रो समस्यामा भने ध्यान कसैको पनि केन्द्रित भएन । परिक्षाको फारम भरेको ७०० रुपैया जती लिइन्छ  तर विद्यार्थीलाई शान्त वातावरणमा परिक्षा दिन दिइदैन भने आखिर हामीबाट लिएको रकम के का लागि त ? वर्ष भरि मेहनेत गरेर पढियो तर जब त्यो मेहनेतलाई देखाउने बेला आयो तब यस्ता साना साना देखिने तर परिक्षामा गम्भीर असर पार्ने कुराले बिद्यार्थीहरुले दुख पाईरहेका छन् । 

सरकारी बिद्ययालयमा सबै कुराहरुको व्यवस्थापन गर्न सकिदैन भने आखिर परिक्षा किन फेरी थाहा पाएर पनि अन्जान बनेर सरकारी स्कुलमै राखिन्छ त ? यती मात्र कहाँ हो र ? परिक्षामा लेखेर बसेको बेला “सर पानी दिनुस न तिर्खा लाग्यो”  भन्दा पनि चुपचाप लागेर लेख, फेरी बाहिर पठाइदिन्छु भनेर उतर आउछ । हामी विद्यार्थीहरुप्रती यो कुन तरिकाको परिक्षामा पैसा लिए बापत दिईने सुविधा हो ? यती मात्र हैन परिक्षा हल भित्र छिर्नु अघी जुत्ता देखी लिएर मोजा समेत खोल्न लगाइन्छ के यती सम्म गर्नु उचित होला ? 
यस बिषयमा सबैको ध्यान केन्दृत होस शिक्षा क्षेत्रमा यस्तो समस्या धेरै छन, हाम्रो अपिल छ विद्यार्थीहरुको हक हितको लागी केहि ठोस कदम चालियोस, हामीले जुन दु:ख पायौ फेरी अर्को बर्ष यो गल्तीहरु नदोहोरियोस 
(लेखक पेरिस सुबेदीले भर्खरै कक्षा १२ को परिक्षा दिएका हुन् )

प्रतिक्रिया लेख्नुहोस