सन्दर्भ :अन्तराष्ट्रिय परिवार दिवस, नेपालमा यसको ससान्दर्भिकता के ?

सन्दर्भ :अन्तराष्ट्रिय परिवार दिवस, नेपालमा यसको ससान्दर्भिकता के ?

सुनीता अर्याल-
संयुक्त राष्ट्र संघको आव्हानमा हरेक वर्ष जस्तै यस बर्ष पनि मे १५ लाई अन्तराष्ट्रिय परिवार दिवसको रुपमा विश्वभरी विभिन्न कार्यक्रमको आयोजना गरि मनाईँदै छ । ईश्वी सम्बतको १५ मे लाई अन्तरास्ट्रिय परिवार दिवसको रुपमा मनाइदै आएको हो । यस वर्षको अन्तरास्ट्रिय परिवार दिवसको नारा ‘परिवार र समावेशी समाज’ भन्ने रहेको छ ।
यो दिवस मनाउने प्रचलन सन् १९९३ पछि चल्दै आएको देखिन्छ । यो अभियानमा संलग्न संयुक्त राष्ट्र संघ तथा सहयोगी निकायहरुले यस वर्ष स्थायी विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवद्र्धधनका लागि सस्टनेवल डेभलपमेन्ट गोलको विकासमा परिवार र पारिवारिक नीतिहरूको भूमिकाको बिशेष खोजि गर्ने छ । यो दिवस मनाउने अभियानले परिवारसँग सम्बन्धित मुद्दाहरूको विषयमा जागरूकता बढाउने तथा सामाजिक, आर्थिक र जनसांख्यिकीय प्रक्रियाहरूको ज्ञान समेत बढाउने अवसर प्रदान गर्ने विस्वास लिईएको छ । परिवार समाजको आधारभूत एकाई भएकोले यसको महत्व अपरिहार्य छ ्र धेरै राष्ट्रहरुले यस दिनलाई ठूलो चासोका साथ परिवारलाई र त्यससंग सम्बन्धित मुद्दाहरुलाई उजागर पार्ने मौकाको रुपमा लिएको पाइन्छ । नेपालको तथ्यांक हेर्ने हो भने नेपालको परिवारको संख्या करिब ६४ लाख ३० हजार छ । परिवारको प्रकार चाहिँ एकल वा संयुक्त परिवार नै प्रमुख रुपमा बिध्यमान छ । औसत परिवार संख्या ४.६ रहेको नेपालमा अधिकांश सामाजिक समस्याको प्रमुख जरो नै परिवार भएको पाइन्छ ।
भु्रणहत्या, वालबिवाह, बालश्रम, दाइजो प्रथा, छाउपडी, कमारा–कमारी, छुवाछुत, महिला हिंसा, मानसिक विक्षिप्तता, जेष्ठ नागरिकलाई गरिने तिरस्कार, मानव बेचबिखन अन्य यौनजन्य हिंसा आदिको प्रमुख जरो हाम्रो परिवार नै हा । तसर्थ यो समस्याको उपचार केन्द्रमा नीति नियम तथा ऐन कानुन बनाएर मात्र पुग्दैनन् प्रत्येक परिवारको प्रत्येक सदस्यमा आत्माबोध गराइनु आवश्यक छ । परिवार व्यक्तिको प्रथम पाठशाला हो । परिवारमा एउटा बच्चाको चरित्र निर्माण हुन्छ । हाम्रो संस्कार पाठशालाले होइन, परिवारले सिकाउछ, तसर्थ परिवाररुपी पाठशाला गतिलो हुनु अति आवश्यक छ । हाम्रो परिवार नै हाम्रो बास्तविक तागत हो । परिवार त्यस्तो सुरक्षा कवच हो जसमा व्यक्तिले शान्तिको अनुभब गर्दछ ।
अचेल गाँस, बास, कपास र देखाशेखिमा लागेर रोजगारीका लागि विदेशिने चलन छ । यो समस्याको पनि मूल जरो परिवार नै हो । हाम्रो परिवारजनले ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले भन्ने उद्गार आत्मसात नगर्दा तथा परिवारमा राम्रो समझदारी नभएर पनि बिदेशीने गरेको पाइन्छ । गाँस–बासको जोहो गर्नु महत्वपूर्ण कुरा होइन बरु परिवारको साथमा बसेर खाने बाताबरण हुनु अति महत्वपूर्ण कुरा हो ।
राम्रो बानी र संस्कार परिवारलाई जोडेर राख्ने कडी हो, यसले घरलाई स्वर्ग जस्तै बनाउन मदत गर्छ । व्यक्तिबाट परिवार बन्छ, परिवारबाट देश अनि देशबाट विश्व । जुन परिवारमा एकता र समझदारी हुन्छ, त्यो परिवार खुशी र समृद्ध भएको बिभिन्न सर्वेक्षणले देखाएको छ । तसर्थ परिवारलाई बलियो र सुन्दर बनाउने यस अभियानमा हामी नेपाली पनि खुलेर समावेश हुनु आजको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्