नेपाली फुटबलका ‘म्याराडाेना’ भनिने मणिविक्रम शाहको निधन

नेपाली फुटबलका ‘म्याराडाेना’ भनिने मणिविक्रम शाहको निधन

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी मणिविक्रम शाहको पार्थिव शरीर दशरथ रंगशालामा राखिएको छ। उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न दलका नेता, खेलाडी एवं शुभचिन्तकहरू दशरथ रंगशाला पुगेका छन्।

कलेजो राेगबाट पीडित मणिलार्इ आइतबार नर्भिक हस्पिटलमा भर्ना गरिएकाे थियाे । उवचारकै क्रममा सोमबार साँझ  थापाथलीस्थित नर्भिक हस्पिटलमै उनकाे निधन भएको थियो।

मणिलार्इ नेपाली फुटबलका ‘म्याराडाेना’काे संज्ञा पनि दिइएकाे छ । किनकि उनको खेल्ने ड्रिबल र फिनिसिङ अनि हुलिया पनि म्याराडोनासँग मिल्दाेजुल्दाे हुन्थ्याे ।

५१ वर्षकाे उमेरमै ज्यान गुमाएका मणिकाे सम्पूर्ण उपचार खर्च एन्फाले बेहोर्ने निर्णय गरेको थियो। शाह सन् १९८५ मा १७ वर्षको उमेरमा दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका थिए। नेपालले सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा उनले महत्वपूर्ण भुमिका खेलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्