विश्वकप फुटबलमा फ्रान्सबाट यी खेलाडी खेल्ने पक्का !

विश्वकप फुटबलमा फ्रान्सबाट यी खेलाडी खेल्ने पक्का !

पेरिस, जेठ ४ । आगामी महिना रुसमा हुने विश्वकप फुटबलका लागि फ्रान्सको २३ सदस्यीय टोली घोषणा गरिएको छ ।

प्रशिक्षक डिडियर डेस्यँले गएराति प्रारम्भिक २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । घोषित टोलीमा केही नाम चलेका स्टार खेलाडीसमेत अटाएका छैनन् ।

यसरी टिममा नअटाएका खेलाडीहरुमा आर्सनलका अलेक्जेन्डर लाकाजेट्, म्यान्चेस्टर युनाईटेडका एन्टोनी मार्सिएल र मार्सेका डिमित्री पायटलगायतका छन् ।

२३ सदस्यीय घोषित टोलीको गोलकिपरमा ह्युगो लोरिस, अल्फोने एरोल र स्टिभ मान्डाण्डा छन् ।

यसैगरी डिफेण्डरहरुमा जिब्रिल सिडिबे, बेन्जामिन पभार्ड, सामुयल उम्टिटी, प्रेस किम्पेम्बे, बेन्जामिन मेण्डी, अदिल रामी, राफेल भाराने र लुकास हर्नान्डेज छन् । मिडफिल्डरहरुमा एन्गोलो कान्टे, ब्लेस माटुडी, स्टीभन एन्जोन्जी, पउल पोग्वा र टोलिसो परेका छन् भने फरवार्डमा ओसमान डेम्बेले, नबिल फकिर, ओलिभर जिरु, एन्टोनी ग्रीजमान, थोमस लेमार, फ्लोरीयान थाउभिन र किलियन एम्बाप्पे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्