आइपिएल: सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट राईडर्स प्ले अफ्मा छनौट

<span class='c1'>आइपिएल: सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता</span> <span class='c2'>नाईट राईडर्स प्ले अफ्मा छनौट</span>

काठमाडौं, जेठ ६ । शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई हराउँदै कोलकाता नाईट राईडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले अफ्मा छनौट भएको छ ।

हिजो भएको खेलमा हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । हैदरावाद र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन् ।

प्ले अफ पुग्न अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ । राजस्थान रोयल्स, मुम्बई इण्डीयन्स र किङ्स ईलेभेन पञ्जाव मध्ये एउटा टोली प्ले अफ्मा पुग्नेछ ।

विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोर भने लिग चरणबाटै बाहिरिएको छ । गएराती भएको खेलमा राजस्थान रोयल्ससँग ३० रनले पराजित भएपछि बैंग्लोरको यात्रा टुंगिएको हो ।

आईपिएल क्रिकेटमा आज दुई खेल हुनेछन् । लिग चरणको अन्तिम खेलमा मुम्बई इण्डीयन्स र दिल्ली डेयरडेभिल्स तथा किङ्स ईलेभेन पञ्जाव र चेन्नाई सुपर किङ्स भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्