आईपिएलमा सन्दिपको यस सिजनको अन्तिम खेल आज , मुम्बई इन्डियनविरुद्ध अन्तिम खेल खेल्ने

आईपिएलमा सन्दिपको यस सिजनको अन्तिम खेल आज , मुम्बई इन्डियनविरुद्ध अन्तिम खेल खेल्ने

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछाने आज (आइतबार) मुम्बई इन्डियनविरुद्ध अन्तिम खेल खेल्दै छन् ।

आईपिएलमा सन्दिपको तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ। १२ औँ खेलबाट डेब्यु गर्ने मौका पाएका सन्दिपले दुईवटा खेलमा उत्कृट प्रदर्शन गरेका थिए । मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन्।

सन्दीपको पहिलो खेल भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध थियो, जसमा सन्दीप एक्लो किफायती बलर सावित भए। उनले पार्थिव पटेलको विकेट लिएर आईपीएलमा विकेटको श्रीगणेश गरे। उनले सो खेलमा ४ ओभर बलिङ गर्दै २५ रन दिएर १ विकेट लिए। यो खेल भने दिल्लीले हार्‍यो ।

शुक्रबार राति सन्दीप अनुवन्ध भएको दिल्ली डेयरडेभिल्स र चेन्नाई सुपर किंग्सबीच खेल थियो । सो खेलमा दिल्ली ३४ रनले विजयी भयो । सो खेलमा सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिए । यसवापत उनलाई स्टाइलिस प्लेयर अफ द म्याच घोषित गरियो र एक लाख भारु दिइयो ।

आजको अन्तिम खेलमा मुम्बई इन्डियनविरुद्ध नेपालको युवा स्टार खेलाडि सन्दीपको टिम डेयरडेभिल्स अन्तिम स्थानमा छ ।दिल्ली यसअघि नै आइपीएल होडबाट बाहिरिसकेको छ। अन्तिम खेलमा जित निकाल्दै दिल्ली आइपीएलबाट सुखद विदार्इको प्रतिक्षामा छ। सन्दीपका लागि भने आजपनि प्रभावशाली प्रदर्शन गर्दै अर्को सिजनका लागि मार्ग प्रशस्त गर्ने अवसर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्