युवा स्टार सन्दीप लामिछाने आज नेपाल आउने

युवा स्टार सन्दीप लामिछाने आज नेपाल आउने

इन्डियन प्रिमियर लिगका आफ्ना खेलमा जोडदार बलिङ गरेका सन्दीप लामिछाने आज आउने भएकाछन् ।

सन्दीप दिउँसो सवा चार बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमले जनाएको छ । सन्दीप जेट एयरवेजको विमानमा आउँदैछन् । दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीपले तीन खेलमा १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए । उनले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका विश्वप्रसिद्ध ब्याट्सम्यानहरुलाई आउट गर्नुका साथै उत्कृष्ट बलिङ गर्दै सबैको मन जित्न सफल भए ।

आईपीएलमा दिल्ली लिग चरणबाटमाथि जान नसके पनि सन्दीपले खेलेका ३ मध्ये २ खेल दिल्लीले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्