सनराइजर्स हैदरावादलाई २ विकेटले हराउदै चेन्नई आईपीएलको फाइनलमा

सनराइजर्स हैदरावादलाई २ विकेटले हराउदै चेन्नई आईपीएलको फाइनलमा

एजेन्सी । चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई २ विकेटले हराउदै चेन्नई उपाधि नजिक पुगेको हो ।

मुम्बईस्थित वाङखडे रंगशालामा हैदरावादले दिएको १४० रनको लक्ष्य चेन्नईले १९ ओभर १ बलमा ८ विकेट गुमाएर पुरा गर्यो । चेन्नईको जितमा फाप डु प्लेसीसले अविजित ६७ रनको योगदान दिए ।

त्यस्तै सुरेश रैनाले २२, शार्दुल ठाकुरले अविजित १५ रन जोड्दा दिपक चाहरले १० रन जोडे । हैदरावादका सन्दिप शर्मा,सिदार्थ कउल र राशिद खानले समान २ – २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३९ रन जोडेको थियो । हैदरावादका कार्लोस ब्रेथवेइटले अविजित ४३ रन जोडे । यस्तै कप्तान केन विलियनसन् र युसुफ पठानले समान २४ – २४ रन जोड्दा श्रीभाट गोस्वामी र साकीब अल हसनले समान १२ – १२ रन जोडेका थिए । चेन्नईका ड्यान ब्राभोले २ विकेट लिए ।

अब चेन्नईले फाइनलमा दोस्रो क्वालिफायरको बिजेतासँग खेल्नेछ । यता, हैदरावादले भने फाइनल प्रवेशका लागि पुन दोस्रो क्वालिफायर खेल्न पाउने छ । हैदरावादले बुधबार हुने इलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउने छ ।

इलिमिनेटरमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुनेछ । इलिमिनेटर विजेताले दोस्रो क्वालिफायरमा हैदरावादसंगको भेट पक्का गर्ने छ ।  दोस्रो क्वालिफायरको विजेताले फाइनलमा चेन्नईसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्