विराटनगरको भाटभटेनी बाहिर यस्तो देखियो- ‘ठेलाको ब्यापारमा जमेको जीवन’ (भिडीयो सहित)

विराटनगरको भाटभटेनी बाहिर यस्तो देखियो- ‘ठेलाको ब्यापारमा जमेको जीवन’ (भिडीयो सहित)

प्रेम /सुमन
विराटनगर १२ जेठ । विराटनगर महानगर पालिकाको शनी मन्दीर आसपासमा पछिल्ला दिनहरुमा निक्कै भिडभाड देखिन्छ । यसको कारण भनेको नयाँ बर्षसँगै खुलेको भाटभटेनीले बढेको चहल पहल नै हो । त्यति मात्र हैन अझ यही भिडभाडका बिचमा बाहिरी सडकमा पनि राम्रै आम्दानी गर्नेहरु प्रसस्तै भेटिन्छन् । सरौचियाका बिष्णु शर्मा भाटभटेनीको पुर्बी दक्षिणद्धारमा बसेको एक महिना बढी सकेको छ । । बैशाख १ गते भाटभटेनी खुलेपछि यहाँ आएर चाउमिन र मोमो बेच्दै आएका छन् । विष्णु जस्तै अन्य थुप्रै ठेला व्यापारीहरुले राम्रै आम्दानीको गर्ने बाटो अंगालेका छन् । हरेक दिन साँझ ४ बजे देखि नै यहाँ भिड लाग्ने गर्छ । दिउँसोको समयमा खासै भिड नहुने भएपनि जब साँझ ढल्दै जान्छ अनी शुरु हुन्छ ब्यापारको मज्जा ।
भाटभाटेनीले बैशाख १ गतेबाट आफ्नो ब्यापार संचालन गर्न थालेसँगै भित्र जती ब्यापार भएको देखिन्छ त्यही अनुपातमा भाटभटेनी बाहिरका फुटपाथ पसलहरुले पनि प्रसस्तै आम्दानी गर्दै आएका छन् ।
यसरी बाहिर बसेर ब्यापार गर्नेमा कोही चट्पटे, कोही पानीपुरी, कोही आईसक्रिम त कोही बिभिन्न बालबालिकाका खेलौना लिएर बसेका भेटिन्छन् । भाटभटेनीको गेटमा नै सभ्भु सहनी बालबालिकाहरुको लागी खेलौना बेचिरहेका देखिन्थे । उनले पनि बैशाख १ गतेबाट नै खेलौना बेच्न थालेको बताए । उनको दैनिक कमाई २ हजार देखी ४ हजार सम्म छ । अझ अन्य दिनमा भन्दा शनिबार त उनको सैबभन्दा बढी कमाई हुने गरेको उनले सुनाए ।
भाटभटेनि अगाडीका ठेला व्यापारी गर्नेहरु कोही राजस्थानबाट आएर विराटनगरमा डेरा लिएर ठेलामा आईक्रिम र चटपटे बेचिरहेका बेटिन्छन् भने कोही स्थानीय व्यापारीहरु रहेका छन् । तपाई हामी जो कोही त्यहाँ पुग्यौँ भने एक महिला पनि आफनो छोरासँग चटपटे अनि पानीपुरी बेचिरहेको देख्न सक्छौ । आफनो छोरासंग चटपटे बेच्दै गरिकी भेटिन्छिन् मिनादेवी साह, उनी विराटनगर सरौचियाकी हुन् । यो बेच्न थालेको बैशाख १ गते देखि हो । त्यति कै घरमा बस्दै आएकी उनी नेपाल बजार अगाडी बसेर चटपटे बेच्दै आएका श्रीमानलाई सहयोग गर्थिन् ।
अहिले यहाँ उनको आफ्नै ब्यापार छ । श्रीमान नेपाल बजार अगाडी बस्दै आएका छन् भने उनी भाटभटेनी छेउमा पानी पुरी बेच्दै आएकी हुन् । उनी दैनिक २ हजार देखि ३ हजारको बेच्छिन् अनि उनले लिने फाईदा भनेको १ हजार देखि १५ सय सम्म । दुईजनाको कमाईबाट ४ जना छोराछोरीलाई बोडिङ स्कुलमा पढाउदै छौ उनले भनिन्
उता भाटभटेनी बाहिर मिनादेवी बस्छिन् भने यता नेपालबजार अगाडी उनको श्रीमान् राम कुमार साह, ६ बर्ष अगाडीदेखि चटपटे बच्दै आएको र यही कमाईबाट छोराछोरीको लालनपालन देखि स्कुल र घर खर्च चलाउने गरेको रामकुमार बताउछन् ।
भाटभटेनी खुलेपछि यहाँका साना व्यापारीहरुले पनि राम्रैसंग आम्दानी गरेर दैनिकी गुजारा चलाई रहेका छन् । नेपाली बेरोजगारले मात्र रोजगारी पाएका छैनन, यहाँ राजस्थानबाट आएर काम गर्नेहरुले पनि कमाएको पैसा घरमा खर्च पठाउने गरेका छन्। उनीहरु शुद्ध नेपाली बोल्न पनि जान्दैनन अनी यहाँ आएर दिनभरी आईसक्रिम बेचेर राम्रै आम्दानी गरिरहेका छन् । भाटभटेनीले आफ्ना व्यापार त गरेको छ नै त्यसको अलवा स्थानिय साना व्यापारीहरुलाई पनि राम्रै आम्दानी गराउने बाटो दिएको छ । यस्तो छ स्थलगत रिपोर्ट

https://www.youtube.com/watch?v=DW7cp7U2PC8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्