प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अाजबाट सुरु हुँदै

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अाजबाट सुरु हुँदै

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा दोस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अाज (आइतबार)बाट सुरु हुँदैछ ।

कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट ग्राउण्डमा हुने प्रतियोगिताको उद्घाटन खेलमा अाज विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ भिड्ने भएका छन् । अाजै मूलपानी मैदानमा हुने अर्काे खेलमा समूह ‘बी’का प्रदेश नम्बर ६ (कर्णाली) र प्रदेश नम्बर ७ बीच प्रतिष्पर्धा हुने जनाइएकाे छ ।

मुलुक संघिय संरचनामा गएपछि प्रतियोगितामा पहिलोपटक सातै प्रदेशका टिमलाई सहभागी गराइएको राखेपले जनाएकाे छ।  ७ वटै टिमसँगै ३ वटा विभागीय टोलीले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने राखेपका सदस्य सचिव केशबकुमार विष्टले जानकारी दिए ।

पहिलाेपटक हुन लागेकाे यस अन्तर प्रादेशिक प्रतिस्पर्धाले ऐतिहासिक महत्व राख्ने विष्टकाे भनाइ छ ।

प्रतियोगिता जेठ २९ गतेसम्म सञ्चालन हुनेछ । फाइनल खेलका विजेताले नगद २० लाख रुपैयाँसहित ट्रफी हात पार्ने विष्टले जानकारी दिए । त्यस्तै प्रतियाेगिताका उपविजेताले १० लाख रुपैयाँ, म्यान अफ दी सिरिजले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०-५० हजार रुपैयाँ पाउनेछन्। साथै एकजना उदयीमान खेलाडीलार्इ १५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले समान १०/१० हजारका दरले प्राेत्साहन रकम पाउने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्