आईपीएल क्रिकेटको उपाधि चेन्नाई सुपर किंग्सलाई

<span class='c1'>आईपीएल क्रिकेटको उपाधि</span> <span class='c2'>चेन्नाई सुपर किंग्सलाई</span>

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नाईले ११ औं संस्करणको आईपीएलको उपाधि उचालेको हो ।

१७९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभर सकिन ९ बल बाँकी छदै २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै तेस्रो पटक आईपीएलको उपाधि चुमेको हो । चेन्नाईलाई उपाधि दिलाउन ओपनर शेन वाटसनले शतकीय पारी खेले । उनले अविजित ११७ रन बनाए । ५७ बलको सामना गरेका वाटसनले ११ चौका र ८ छक्का प्रहार गरेका थिए । ११ औं संस्करणको आईपीएलमा उनको यो दोस्रो शतक हो ।

त्यस्तै, सुरेश रैनाले ३२ रन बनाए भने आम्बत्ती रयुडुले १६ रनको योगदान दिए ।

यसअघि मुम्बईको वाङखडे क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । हैदरावादले सुरुवात भने खराब गरेको थियो । १३ रन हुदा पहिलो विकेट गुमाएको हैदरावादले ६४ रन हुदा दोस्रो विकेट गुमाएको थियो ।

हैदरावादका लागि केन विलियम्सनले ४७ रन बनाएका थिए । उनले ३६ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४७ रन बनाएका थिए । त्यस्तै, युशुफ पठानले अविजित ४५ रन बनाए । उनले २५ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, शिखर धवनले २६ र शकिब अल हसनले २३ रनको योगदान दिए ।

फाइनल खेलमा पनि हैदरावाद चेन्नाई विरुद्ध निरिह बन्न पुग्यो । यसअघि भएको लिग चरणको दुबै खेलमा हैदरावाद चेन्नाईसँग पराजित भएको थियो । त्यस्तै, प्लेअफको पहिलो क्वालिफायरमा पनि हैदरावादलाई पराजित गर्दै चेन्नाई फाइनलमा पुगेको थियो ।
चेन्नाईले यसअघि सन् २०१० र २०११ को आईपीएलको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्