सन्दीप लामिछानेले विश्व ११ बाट गरे १ ओभर , बिश्व-११ ७२ रनले पराजित

<span class='c1'>सन्दीप लामिछानेले विश्व ११ बाट गरे १</span> <span class='c2'>ओभर , बिश्व-११  ७२ रनले पराजित</span>

काठमाडौं । सन्दीप लामिछानेले विश्व एघारबाट वेष्ट इन्डिजविरुद्ध मात्र १ ओभर बलिङ गर्न पाएका छन् । इंग्ल्याण्डको लर्डस्मा भएको वेष्ट इन्डिज र विश्व ११ बीचको च्यारेटी खेलमा सन्दीपले १ ओभर मात्रै बलिङ गर्ने अवसर पाएका हुन् ।
नेपाली समयअनुसार बिहीबार राति १० बजेर ४५ मिनेटमा सुरु भएको खेलमा नेपालका सन्दीप लामिछानेले बलिङ र ब्याटिङ दुबै गर्ने अवसर पाए । १ ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चेका थिए । उनले १ छक्का खाए । ब्याटिङतर्फ पनि उनले अविजित ४ रन बनाए । 
२०० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको विश्व एघारले १६.४ ओभरमा सबै विकेटको क्षतिमा १२७ रन मात्रै बनाउन सकेको थियो । विश्व एघारका लागि थिसारा परेराले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले ३७ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६१ रन बनाए । त्यस्तै, शोहिब मालिकले १२ रन बनाउँदा अन्य खेलाडीले भने राम्रो स्कोर बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि इभिन लुईसले ५८, दिनेश रामदिनले अविजित ४४ र मार्लोन सामुल्सले ४३ रन बनाएका थिए ।
बलिङतर्फ विश्व एघारका राशिद खानले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्