नेपालसहित चार राष्ट्रलाई आईसीसीको बरियता

<span class='c1'>नेपालसहित चार राष्ट्रलाई</span> <span class='c2'>आईसीसीको बरियता</span>

काठमाडौं । नेपाल, स्कटल्याण्ड, नेदरल्याण्ड्स र युएईलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एक दिवसीय बरियतामा राखेको छ । आईसीसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालसहित चार राष्ट्रलाई बरियता दिएको जनाएको छ । 

क्रिकेटमा उदाउँदा राष्ट्रका रुपमा चिनिएका देशहरु मध्ये स्कटल्याण्ड र युएइले यसअघि नै आइसीसीको बरियता पाइसकेका थिए । त्यस्तै, नेपाल र नेदरल्याण्ड्सलाई भने शुक्रबार बरियतामा राखिएको आइसीसीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

सार्वजनिक गरिएको बरियतामा स्कटल्याण्ड २८ अंकसहित १३ औं स्थानमा रहेको छ भने १८ अंक सहित युएई १४औं स्थानमा रहेको छ ।

 तर, नेदरल्याण्डले १३ अंक पाएको छ भने नेपालसँग भने अंक छैन । नेपाल नेदरल्याण्डले आईसीसीको पूरै बरियतामा आउनका लागि अनिवार्य चार खेल खेल्नुपर्ने हुन्छ । त्यसपछि मात्रै आईसीसीको बरियतामा घटबढ हुने आईसीसीले जनाएको छ ।

आईसीसीले सार्वजनिक गरेको बरियतामा इंग्ल्याण्ड एक दिवसीयमा शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा भारत रहेको छ । दक्षिण अफ्रिका तेस्रो स्थानमा रहँदा न्यूजील्याण्ड चौथो र विश्व विजेता अष्ट्रेलिया पाँचांै स्थानमा छन् ।

नेपालले गत मार्चमा भएको विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्