बंगलादेशसँगको टि–ट्वान्टी क्रिकेट शृंखला अफगानिस्तानले जित्यो

बंगलादेशसँगको  टि–ट्वान्टी क्रिकेट शृंखला अफगानिस्तानले जित्यो

एजेन्सी । बंगलादेशसँगको तीन खेलको टि–ट्वान्टी क्रिकेट शृंखलाको सिरिज अफगानिस्तानले जितेको छ । लगातार दोस्रो खेलमा पनि जित हात पार्दै अफगानिस्तानले बंगलादेशसँगको सिरिज १ खेल खेल्न बाँकी छँदै जितेको हो ।

राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार राति भएको दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ६ विकेटले पराजित गरेको हो । १३५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभर सकिन ७ बल बाँकी छँदा ४ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो ।

अफगानिस्तानको जितमा समिउल्लाह शेनवारीले ४९, मोहम्मद नावीले ३१, मोहम्मद शाहजादले २४ र उस्मन घानीले २१ रन बनाएका थिए । बंगलादेशका लागि बलिङतर्फ मोसदेक हुसेनले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । बंगालदेशका लागि तमिम इक्बलले ४३ रन बनाएका थिए ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका राशिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिएका थिए । त्यस्तै, मोहम्मद नावीले पनि २ विकेट लिन सफल भए ।

तीन खेलको टि–ट्वान्टी क्रिकेट शृंखलामा अफगानिस्तानले २–० को लिड गरेको छ । अब अन्तिम खेल जुन ७ तारिखमा हुँदैछ ।

पहिलो खेलमा अफगानिस्तानले सहज जित निकालेको छ । अफगानिस्तानले बंगलादेशलाई ४५ रनले पराजित गरेको हो ।

राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १६८ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको बंगलादेशले १९ ओभरमा नै अलआउट हुदै १२२ रन मात्रै बनाउन सक्यो । बंगलादेशका लागि लिटोन दासले ३०, महमुदुल्लाहले २९ र मुस्फिक्युर रहिमले २० रन बनाएपनि जित दिलाउन भने सकेनन् ।

अफगानिस्तानलाई जित दिलाउन राशिद खानले उत्कृष्ट बलिङ गरे । उनले ३ ओभर बलिङ गर्दै मात्र १३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, सापुर जाड्रानले पनि ३ विकेट लिए । त्यस्तै मोहम्मद नावीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको थियो । अफगानिस्तानका लागि मोहम्मद शाहजादले ४०, समीउल्लाहले ३४ र उस्मन घानीले २६ रन बनाए ।
बलिङतर्फ बंगलादेशका अबुल हसन र महमुदुल्लाहले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्