फुटबलमा फिक्सिङ गरेको आरोप लागेका नेपाली फुटबलरले सफाई पाए

<span class='c1'>फुटबलमा फिक्सिङ गरेको आरोप लागेका</span> <span class='c2'>नेपाली फुटबलरले सफाई पाए</span>

काठमाडौं जेठ २४ । फुटबलमा फिक्सिङ गरेको आरोप लागेका नेपाली फुटबलरले सफाई पाएका छन् । पूर्व कप्तान सागर थापासहित ५ जना खेलाडीलाई विशेष अदालतले सफाइ दिएको हो ।
राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसीलाई अदालतले सफाइ दिएको हो ।
बिहीबार विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइको फैसला सुनाएका हुन् ।
म्याच फिक्सिङको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरी राज्य विरुद्धको अपराध मुद्दा अदालतमा २०७२ साल कात्तिकमा दर्ता गरेको थियो ।
म्याच फिक्सिङ गरेको पुष्टी गर्दै एसियाली फुटबल महासंघ (एएफसी) ले भने उनीहरूलाई आजीवन प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्