मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुनले भारतको यू-१९ टिममा स्थान बनाएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बीसीसीआई ले श्रीलंकाविरुद्धको चार एकदिवसयि म्याचका लागि घोषणा गरेको टोलीमा अर्जुन पनि अटाएका हुन् । भारतको यू-१९ टिमले ११ जुलाइदेखि ११ अगष्टको बीचमा दुई चार दिवसीय र पाँच एक दिवसीय खेल खेल्नेछ ।
बायाँ हाते फास्ट बलर एवं ब्याट्सम्यान अर्जुनले चार दिवसीय टिममा स्थान बनाएका हुन् । उनी एकदिवसीय टिममा भने परेनन् । उनी यसअघि मुम्बईको यू-१९ टिममा परेका थिए ।