स्कटल्याण्डले इंग्ल्याण्डलाई ६ रनले पराजित गर्दै सनसनीपूर्ण जित

स्कटल्याण्डले इंग्ल्याण्डलाई ६ रनले पराजित गर्दै सनसनीपूर्ण जित

एजेन्सी। स्कटल्याण्डले एक खेलको एक दिवसीय क्रिकेट खेलमा इंग्ल्याण्डलाई पराजित गरेको छ । स्कटल्याण्डले इंग्ल्याण्डलाई ६ रनले पराजित गर्दै सनसनीपूर्ण जित निकालेको हो ।

आइतबार राति ग्रेन्ज क्रिकेट क्लबमा भएको खेलमा घरेलु टोली स्कटल्याण्डले इंग्ल्याण्डलाई पराजित गरेको हो । ३७२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्याण्डले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा ३६५ रन मात्रै बनाउन सक्यो ।

इंग्ल्याण्डका लागि जोन्नी बैरस्टौवले शतक प्रहार गर्दै १०५ रन बनाएपनि जित दिलाउन भने सकेनन् । इंग्ल्याण्डका लागि अलेक्स हलेसले ५२, लियाम प्लंकेटले ४७ र मोइन अलीले ४६ रन बनाएपनि जित दिलाउन भने सकेनन् ।
स्कटल्याण्डका लागि मार्क वाटले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३७१ रन बनएको थियो । स्कटल्याण्डका लागि कलुम म्याक्लेओडले विष्फोटक ब्याटिङ गर्दै अविजित १४० रन बनाए । उनले ९४ बलको सामना गर्दै १६ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्