‘छक्का पन्जा ३’मा स्वस्तिमा खड्का पनि

‘छक्का पन्जा ३’मा स्वस्तिमा खड्का पनि

काठमाडौं । अहिले ‘छक्का पञ्जा’को तेस्रो सिक्वेल फिल्म ‘छक्का पञ्जा ३’ को सुटिङ भईरहेको छ । दोस्रो सिक्वेल फिल्म ‘छक्का पन्जा २’मा लीड रोलमा काम गरेकी अभिनेत्री स्वस्तिमा खड्का ‘छक्का पन्जा ३’मा पनि देखिने भएकी छन् । भर्खरै अभिनेत्री खड्काको ‘छक्का पन्जा ३’मा इन्ट्री भएको हो ।

अहिले यो फिल्मको पोखरामा धमाधम छायांकन भैरहेको छ भने सुटिङ सेटमा स्वस्तिमा पनि देखिएकी छन् । दिपाश्र निरौलाले निर्देशन गरिरहेको यो फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ । असारको पहिलो साता पोखराको छायांकन सकेर काठमाडौं र्फकने निर्देशक दिपाश्रीले जानकारी गराएकी छन् ।

निर्देशक दिपाश्रीका अनुसार यो फिल्मको एउटा गीतमा स्वस्तिमालाई देख्न सकिनेछ । साथै फिल्मको केही दृश्यमा पनि अभिनेत्री स्वस्तिलाई देख्न सकिनेछ । फिल्ममा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्दि तामाङ, दिपिका प्रसाई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । यो फिल्म आगामी दशैको फूलपातिबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्