विश्वकप फुटबल आजदेखि : उद्घाटन खेलमा रसिया र साउदीबीच प्रतिष्पर्धा

विश्वकप फुटबल आजदेखि : उद्घाटन खेलमा रसिया र साउदीबीच प्रतिष्पर्धा

एजेन्सी । फुटबलको महाकुम्भ विश्वकप फुटबलको उद्घाटन खेलमा आज आयोजक रसियाले साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ । विभिन्न सांस्कृतिक कार्यक्रम सकिएपछि नेपाली समयअनुसार बेलुकीको पौने ९ बजे विश्वकपको पहिलो खेल रसिया र साउदी अरबबीच हुँदैछ ।

रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा यी दुई टिमले प्रतिस्पर्धा गर्दैछन् । समूह ए मा रहेका यी दुई टिम जितको खोजीमा हुनेछन् । आफ्नो पहिलो खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने दाउमा रहेको रसियालाई घरेलु समर्थकको राम्रो साथ हुनेछ भने करिब ८० हजार दर्शक उपस्थित हुने रंगशालामा घरेलु टिम र दर्शकविरुद्ध राम्रो प्रदर्शन गर्ने लक्ष्यको साथ साउदी अरब मैदानमा उत्रिँदैछ ।

रसिया र साउदी अरबबीचमा अहिलेसम्म १ खेल मात्रै भएको छ । सन् १९९३ मा भएको एक मैत्रीपूर्ण खेलमा साउदी अरबले रसियालाई पराजित गरेको थियो । त्यसखेलमा उतकृष्ट प्रदर्शन गर्दै साउदी अरबले रसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । त्यसपछि साउदी अरब र रसियाबीचमा अहिलेसम्म भेट भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्