२०२६ को विश्वकफ फुटबल अमेरिका, मेक्सिको र क्यानाडामा हुने

२०२६ को विश्वकफ फुटबल अमेरिका, मेक्सिको र क्यानाडामा हुने

एजेन्सी । सन् २०२६ को विश्वकप  फुटबलको आयोजना अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा गर्ने भएका छन् । रुसमा सम्पन्न ६८ औं फिफा कंग्रेसले उत्तर अमेरिकी तीन देशलाई विश्वकप आयोजना गर्न जिम्मा दिएको हो ।

रूसको मस्कोमा भएको कंग्रेसमा अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त दावेदारीले मोरक्कोको एकल आयोजना गर्ने दाबीलाई पछि पारेको हो । २११ फिफा सदस्य राष्ट्रमध्ये २०३ मुलुक मतदानमा सहभागी थिए । तीन मत बदर भएपछि २०० मतमध्ये अमेरिका, क्यानडा र मेक्सिकोले १३४ मत पाए । मोरक्कोले ६५ मत पाएको छ । एक मत तटस्थ थियो ।

अहिलेसम्म मेक्सिकोले विश्वकपको आयोजना दुई पटक गरेको छ । सन् १९७० को विश्वकप फुटबल आयोजना गरेको मेक्सिकोले सन् १९८६ को विश्वकप फुटबल आयोजना गरेको थियो । यता, अमेरिकाले पनि सन् १९९४ को विश्वकप फुटबल आयोजना गरेको थियो । क्यानडाले भने अहिलेसम्म विश्वकप फुटबलको आयोजना गर्ने अवसर पाएको थिएन ।

सन् २०२६ को विश्वकप भने संयुक्तरुपमा आयोजना हुन लागेको हो । सन् २०२६ को विश्वकपमा कुल ४८ देशको सहभागिता रहनेछ । यसअघि नै फिफाका अध्यक्ष गियानी इन्फान्टिनोले २०२६ को विश्वकपमा सहभागि राष्ट्रको संख्या बढाउने बताएका थिए । सन् २०२२ को विश्वकप फुटबलको आयोजना भने कतारले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्