बलिउड सुपरस्टार अभिनेता सलमान खानलाई धम्की, सुरक्षा व्यवस्था कडा बनाइयो

बलिउड सुपरस्टार अभिनेता सलमान खानलाई धम्की, सुरक्षा व्यवस्था कडा बनाइयो

एजेन्जी । बलिउड सुपरस्टार अभिनेता सलमान खानको फिल्म ‘रेस ३’  १५ जूनमा रिलीज हुदैछ । फिल्म रिलीज हुन दुई दिन मात्र बाँकि रहेका छन् । जसकारण सलमान खान सार्वजनिक स्थलहरुमा धेरै देखिन थालेका हुन् ।

सलमान फिल्म प्रचार प्रसारमा व्यस्त रहेका छन् । उनलाई ज्यान मार्ने धम्की आएको थियो जसले गर्दा उनका परिवार चिन्तीत छन् । परिवारले सलमानको सुरक्षा व्यवस्था बढाउन माग गरिएको छ । सलमानको सुरक्षाको लागि मुम्बाईको पुलिस तयार रहेको  स्रोतले जनाएको छ । एक इन्टरभ्युमा सलमान खानको पीता सलीम खानले सलमानको सुरक्षाको व्यवस्था भएको बताइएको छ । सलमानको बडिगार्ड पनि सधैँ सलमान संगै हुन्छ । सलमानको सुरक्षालाई लिएर परिवार चिन्तीत भएकोे उनको  पीताले  भने  ।

मुम्बाई पुलिसले सलमानलाई  राम्रोसंग सुरक्षा दिने विश्वास उनको पीताले लिएका छन् । सलमानलाई ज्यान मार्ने धम्की बारम्बार आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्