विश्वकप र म – आयुष खनाल

विश्वकप र म – आयुष खनाल

मलाई कसैले क्रिकेट र फुटबलमा के रोज्छस भनेर सोध्यो भने म सहजै क्रिकेट भन्दिन्छु। यसको अर्थ मलाइ फुटबल मननपर्ने भन्ने हैन तर कहिँ कतै मलाई क्रिकेट नै मनपर्छ र म रमाउछु। टेस्ट क्रिकेटको पाँच दिन सहजै काट्न सक्ने मलाइ फुटबलको नब्बे मिनेट काट्न धौधौ पर्छ।

म जन्मिदै क्रिकेट प्रेमी भने हुदै हैन है। तपाइले ४ बर्ष अगाडीको मेरो फेसबुक स्ट्याटस हेर्नु भयो भने फुटबल सम्बन्धि पोस्ट धेरै देख्नु हुन्छ, तर अहिले फुटबल सम्बन्धि पोस्ट बिरलै देख्नुहुन्छ। फुटबलको महाकुम्भ विश्वकपले मलाई छुदै न छोको नि हैन, नछोको भए म यो पोस्ट लेख्दिन थिए होला, बेल्जियमको समर्थन गर्दै स्टोरी हाल्दिन थिए होला, तर यत्ति मात्र हो क्रिकेटको कुनै पनि प्रतियोगिता आयोजना हुदा मलाई जुन उत्साह प्रदान गर्दछ त्यो उत्साह विश्वकपले प्रदान गर्न सकेको छैन।

यो चार पाँच बर्षको अवधिमा म मा आएको मुख्य परिवर्तन मा पर्दछ यी कुरा हरु। आखिर कसले मलाई फुटबल बाट अलिकति टाढा बनायो, र क्रिकेट संग मोह माया गासिदियो ? यो प्रश्नको उत्तर म आफै संग छैन, कुनै कारण थाह छैन मलाइ, सायद मन होला। "Priority Changes !" भनेर मेरै उमेरका साथीहरुले स्ट्याटस हालीरहदा म सम्झन्छु, उनीहरुको प्रेमी/प्रेमिका प्रतिको Priority परिवर्तन भयो तर मेरो स्पोर्ट्स प्रति।

म सानो मा अत्याधिक फुटबल खेल्ने मान्छे, मलाई अझै सम्झना छ कक्षा ३, जतिबेला सुर्य बोर्डिंग (खाँदबारी)मा म गोलकिप्पर खेल्थे। मलाई अझै याद छ २०१०को विश्वकप, तेती बेला मलाई फुटबलको धेरै ग्यान थिएन तर नि एउटा क्रेज थियो, लाग्थियो फुटबलसंग मेरो केहि खास सम्बन्ध छ। त्यो बेला म विश्वकपको समय, देश हरुको बारेमा अनविज्ञ थिए, मलाई केहि नै थाहाथिएन तर पनि एकप्रकारको उत्साह थियो, उमङ्ग थियो, दशैं जस्तै लाग्थियो विश्वकप। करिब आठ बर्ष अगाडी, विश्वकप को समय र देश थाहानभाको बेला, लाइभ र हाइलाइटस थाहा नभाको बेला, म जतिबेला टि.भी खोल्थे मलाई लाग्थ्यो सबै खेल अहिले भैराको छ। म समय हेर्दिन थिए, कति मिनेट गयो हेर्दिन थिए, टिम को जर्सी हेर्थे अनि कुद्थिये खाँदबारी बजार र साथि संग गएर सुनाउथे, सेतो ले यति गोल गारो, रातो को त्यो घाइते भो, कालोको ले रेड कार्ड पायो ! अहिले सम्झिन्छु, खेल त फिक्स टाइम मा हुन्छ, त्यो त सिर्फ हाइलाइट थियो अगाडिको गेमको, आफुलाई नै अनौठो सम्झिन्छु, थुक्क तेती नि थाहा थिएन मलाई त्यो बेला ? अह थिएन, फुटबल संग जो माया त बस्दै थियो। सम्झिन्छु, त्यो बेला हाइलाइटसमै तेती रमाउने म, तेती सन्तुस्ट हुने म, कसरि परिवर्तन भए ? कसरि फुटबल संगको सम्बन्धमा ब्रेक अप आयो ? थाहा छैन मलाई, सायद "Priority Changes !" यसैलाई भन्छन होला। अहिले मलाई फुटबलको एक एक नियम थाहाछ, विश्वकपको टाइम थाहा छ, कहाँ हुन्छ थाहाछ, को को खेल्छ थाहछ तर अह: सन्तुस्ट भने पक्कै छुइन।

विश्वकप आयो, आइसक्यो, घर दैलोमा आइसक्यो, आफ्नै उत्साह छ, फुटबल प्रेमीको आफ्नै संसार छ अहिले, बेट देखि लिएर झगडा सम्म हुने गर्दछ, यी समाचार सुनीरहेको हुन्छु, धिक्कार लाग्छ, यो खुशियालीमा म किन रमाउन सकिन ? अनि मन भान्छ, खै किन किन ? म साचो बोल्दै छु, मलाई विश्वकपको भन्दा नि चलीरहेको इन्ग्ल्यंड र अस्ट्रेलियाको सिरिजको रौनक छ। म अस्ट्रेलियाको कट्टर समर्थक, अस्ट्रेलिया क्रिकेटको नया युग सुरु हुदै छ, बल ट्याम्परिंगको घटना पछी टिम पेनले कसरि अस्ट्रेलिया क्रिकेटलाइ उठाउने छन् र जस्टिन लेंगरले कसो गर्ने छन् ? म हेर्न आतुर छु, सायद म यसैमा रमाउन सक्छु, मलाई यसैले खुशियाली प्रदान गर्दछ, फेरी विश्वकपले चै दु:ख दिन्छ भन्न खोजेको हैन है !

देश तथा विदेश विश्वकपमय भएको छ, मलाइ भन्दा बढी क्रेज तपाई हरुलाई लागेको छ। तपाईहरु गुरु भैसक्नु भएको छ, तपाईहरुको सबै निर्णयलाइ म सम्मान गर्छु, फेसबुकमा नया जर्सी खिचेर हाल्नुहुने सबैको लाइक नि गर्दिन्छु, हाहा, लभ, वाउ, स्याड की रियाक्ट गरेको नि छुइन, किनकि यसको बारेमा धेरै बोल्न चाहन्न, चार बर्ष अगाडीको जस्तो एक एक मिनेटको आफ्नै शैलीमा कमेंट्री गर्ने जागर नि छैन।

"ब्राजिल, अर्जेन्टिना, जर्मनी" यी तिन वटा टिमको अत्याधिक फ्यान देख्दै आएको छु सामाजिक संजाल मा। फ्याट्ट फुट्ट स्पेन, पोर्चुगल तथा फ्रान्सको समर्थक नि देखिरहेको छु। तर म अलि भिन्न टिमलाइ समर्थन गर्दै छु, धेरै नि नभनौ, आफ्नै स्तर अनुसार। धेरै सपोर्ट गरेको छु भनेर जर्सी किनेको नि छुइन, आखिर मा दशैं मज्जाले लागेकै छैन भनम न, जुठो परेको जस्तो भएको छ। यो खल्लो दशैँलाइ अलिकति भएनी उत्साहमय रुपमा हेर्नको लागि म यो विश्वकपमा बेल्जियमको सपोर्ट गर्दै छु। अचम्म मान्नुभयो होला सबैले, ब्राजिल र अर्जेन्टिनाको भिडमा बेल्जियम लियो भनेर, अलिकति अचम्म तुल्याउने नै छ। तर जो म संग अलि नजिकै हुनुहुन्छ, वहा हरुलाई पक्कै थाह छ, संसार मेस्सी र रोनाल्डोको बीचमा झगडा गरिरहेको बेला मलाई डेभिड भिल्ला मनपर्थ्यो, संसार बिराट कोहली र स्टेभ स्मिथमा झगडा गरिरहदा मलाई मार्कस स्टोइनिस करारा लाग्छ।

अन्त्यमा, फुटबलको बडा दशैँ विश्वकपको लागि सम्पूर्णलाइ हार्दिक हार्दिक शुभकामना, जुठो परेको हरुलाई पनि शुभकामना। शान्त संग नियालीरहनु हुने सम्पूर्ण लाइ शुभकामना, क्रिकेट वा अरु कुनै गेम मनपराए पनि फुटबललाइ नि उत्तिकै माया गर्नुहुने हरुलाई पनि शुभकामना, समय व्यस्तताको कारण लाइभ हेर्न नसक्नु हुने तर हाइलाइटस वा स्कोर अपडेट हेरेर आफ्नो समर्थन जनाईरहनु हुनेलाई पनि शुभकामना, विश्वकप भरि हल्ला नगर्ने तथा विश्वकप सकिएपछि शान्त रुपमा बधाई दिनुहुने लाइ पनि शुभकामना, अन्य जो जहाँ जस्तो बर्गमा पर्नुहुन्छ, उहा हरुलाई पनि शुभकामना, बेट र झगडामा मुछिनु हुनेहरुलाई पनि शुभकामना तर शुभकामना भन्दा बढी तेस्तोमा संलग्न नहुनुहोला भन्ने अनुरोध। सभ्य तथा भब्य रुपमा विश्वकप सफल पारौ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्